• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिज बुकको प्रमाणपत्र


  •    संवाददाता/ मङ्गलबार, फागुन १५, २०८०  

  • सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ को प्रमाणपत्र लिएकी छन् ।

    छिरिङ र जगदिश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाइमा कोरियाग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफरको डान्स अन ल्यान्ड ९पेयर०’ को रेकर्ड राखेका थिए ।

    Advertisement

    राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ (अप्रिल­–मे­) मा सगरमाथा समेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए ।
    राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय संसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविण घिमिरेलगायतको उपस्थिति थियो ।

    Advertisement

    छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदाय प्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ । उनीहरूले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरूको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन् ।

    छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहण सम्बन्धी तालिम लिइसकेकी छन् । उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.