• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिमाली एजुकेशन फाउण्डेशनले विविध कार्यक्रम गरी मनायो १७ औं वार्षिकोत्सव


  •    संवाददाता/ मङ्गलबार, फागुन १५, २०८०  

  • झापाको अर्जुनधारा नगरपालिका–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले आज विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको विद्यालयले विभिन्न कार्यक्रम गरी १७ औं वार्षिकोत्सव मनाएको हो ।

    विद्यालय परिसरमा एक समारोहकाबिच आयोजित कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षता तथा प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्कीको प्रमुख आतिथ्यतामा भएको हो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि कार्कीले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । उनले स–साना बालबालिकालाई स्तरीय शिक्षा दिएर योग्य र सक्षम नागरिक उत्पादनमा निजी विद्यालयको योगदान बिर्सन नसकिने उल्लेख गरे ।

    Advertisement

    कार्यक्रममा विद्यालयकी शिक्षक एसिका राई र कर्मचारी पदम तामाङलाई नगदसहित सम्मान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा स्टुडेन्ट अफ द इयर कक्षा–७ का लासीम योङ्यालाई ट्रफी प्रदान गरिएको छ ।

    कार्यक्रममा विद्यार्थीले बिभिन्न सन्देशमुलक संस्कृति झल्कने नृत्य, गायन , नाटक लगायत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, विद्यालय अभिभावक संघ अध्यक्ष यामप्रसाद तिम्सिना, सचिव राजेशकुमार आचार्य, दशनामी प्रदेश अध्यक्ष प्रकाश पुरी, समाजसेवी चन्द्रप्रसाद गिरी, अर्जुन गिरी लगायतको आतिथ्य रहेको थियो । विद्यालयका शिक्षक बासुदेव बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अध्ययनरत विद्यार्थीहरुले गरेका थिए ।

    नर्सरीदेखि कक्षा–८ सम्म पठनपाठन हुने हिमाली एजुकेशन फाउण्डेशनका प्रिन्सिपल शान्ता गिरीले जानकारी दिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.