• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कन्काईमा कला साहित्य महोत्सव शुरु


  •    संवाददाता/ मङ्गलबार, फागुन १५, २०८०  

  • झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा सोमवारदेखि प्रथम कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । सुरुङ्गास्थित पशुपति अंग्रेजी माविको प्रांगणमा आयोजित तीन दिने कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निर शाहले गरेका थिए । साहित्य महोत्सवको उद्घाटन गर्दै कलाकार शाहले मानव जातिको उत्थान र प्रवर्द्र्धनमा मानवअधिकारकै रूपमा कला संस्कृतिको समेत बराबरी महत्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जीवनले उत्प्रेरणा प्राप्त गर्ने बताए ।

    कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, समाजसेवी शेरबहादुर थापालगायतले कलाबिना मानव जीवनको महत्व अन्धकार हुने भन्दै कलालाई मानव जीवनसंग जोड्नुपर्नेमा जोड दिए ।

    Advertisement

    रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भइरहेको कला संस्कृति महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका साहित्यकारहरूले आफ्नो रचना वाचन गर्नेदेखि लिएर कलाकार तथा मूर्तिकार हिम्मत नेम्बाङ र पूर्व प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मूर्तिकला प्रदर्शनीका साथमा साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्रा.डा. रामप्रसाद ज्ञवाली, देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगीका साथमा कलाकारहरू मनोज गजुरेल र रचना रिमालबाट गीत तथा कवितालगायतका प्रस्तुतिहरू रहने आयोजक समितिका अध्यक्ष शिवकुमार कँडेलले बताए ।

    Advertisement

    साहित्य तथा साङ्गीतिक कार्यक्रमका लागि झापा , छिमेकी जिल्ला र काठमाडौँबाट समेत सर्जक, दर्शकहरू सहभागी हुने र कार्यक्रमलाई हरेक तीन वर्षमा नियमित गरिने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताए ।
    महोत्सवमा स्थानीय विविध जात–जातिका भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने क्लबका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए ।
    महोत्सवमा हरेक दिन बिहानदेखि साँझसम्म कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक डोनेसन, राष्ट्रिय भेषभूषा प्रदर्शनी, व्यावसायिक प्रमोशन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू रहेकोे प्रचारप्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिए।

    स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् । दोस्रो दिन फागुन १५ गते विभिन्न विद्यालयका शिक्षकहरू, स्थानीय स्रष्टाहरू तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू लक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ । यसरी नै तेस्रो दिन १६ गते बिहान १२ वर्षमुनिका बालबालिकाका बिचमा अग्रज कविहरूद्वारा लिखित छन्द कविता वाचन गर्ने कार्यक्रम रहेकोे आयोजक समितिका अध्यक्ष कँडेलले बताए ।

    प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचकद्वय प्रा.डा. देवी नेपाल र प्रा.डा. रामप्रसाद ज्ञवालीले गर्ने भएका छन् । उद्घाटनकै दिन स्थानीयदेखि राष्ट्रिय कलाकार तथा पशुपति अंग्रेजी माविका विद्यार्थीहरुले नृत्यलगायतका कलाकारिता प्रस्तुत गरेका थिए ।

    कनकाई सुरुङ्गाका विभिन्न स्थानहरु वाणिज्य संघ, कनकाई बहुमुखी क्याम्पसलगायतमा साहित्य महोत्सवको आयोजना गरिने रोटरी क्लवका पूर्व अध्यक्ष पोखरेलले जानकारी दिए । महोत्सव सुरु हुनुपूर्व सुरुङ्गा बजार सरसफाई गर्नुका साथै दिउँसो प्रभातफेरि आयोजना गरिएको थियो । कार्यक्रममा कनकाईका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधिहरु ,संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेवी , शिक्षाविद , संस्कृतिविद, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.