• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालनिकुञ्ज माविमा नेवि संघको तालाबन्दि


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २५, २०७७  

  • झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको बालनिकुञ्ज माविले एसईई उत्तीर्ण विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र दिदा चर्को शुल्क लिएको गुनासो बढेपछि नेविसंघ झापाले विद्यालयमा तालाबन्दी गरेको छ ।

    विद्यालयबाट चारित्रिक प्रमाणपत्र दिदा विद्यार्थीबाट ४ हजार रुपैयाँ शुल्क लिएको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएपछि नेविसंघ झापाका सचिव विनोद खरेलको नेतृृत्वमा विद्यालयमा पुगेको विद्यार्थीहरुको टोलीले तालाबन्दी गरेको हो ।

    Advertisement

    नेविसंघ झापाका अर्जुन भटराई, अशोक पाठक, रविन घिमिरे, सविन बस्नेत लगायत विद्यार्थीको टोलीले विद्यालयमा तालाबन्दी गरेको हो ।  सरकारी विद्यालयले चारित्रिक प्रमाणपत्र दिदा यति महंगो शुल्क लिन पाइदैन ।

    Advertisement

    तालाबन्दीपछि नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले सरकारी विद्यालयमा कुनै शुल्क नलिई शिक्षा प्रदान गरिनुपर्ने र चारित्रिक प्रमाणपत्र बनाउँदा समेत २ सय देखि ५ सय रुपैयाँसम्म मात्रै शुल्क लाग्ने भनिरहँदा यति महंगो शुल्क लिनु आफैमा दुःखद भएको जनाएका छन् ।

    झापाका अन्य कुनै पनि विद्यालयमा यसप्रकार मनोमानी ढंगबाट शुल्क लिएको पाइए नेविसंघ झापालाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्तिमा यस्ता विद्यालय विरुद्ध जस्तोसुकै आन्दोलन गर्नेसमेत उल्लेख गरिएको छ ।

    कनकाई माईको बाढीले विस्थापित बनेका प्रेमप्रसाद उप्रेतीले आफ्नो छोरा अर्जुनको चारित्रिक प्रमाणपत्र लिन त्यत्ति महंगो शुल्क तिर्न नसक्ने जनाएपछि उक्त घटना बाहिर आएको हो । उनले आफन्तकहाँ सानोतिनो काम गर्दै पढ्नका लागि छोरालाई काठमाडौं पठाउनका लागि चारित्रिक प्रमाणपत्र लिन जाँदा विद्यालयले चारहजार शुल्क मागेको जनाए ।

    उप्रेतीका परिवारले शुल्क महंगो भएको गुनासो गर्दै वार्ड कार्यालयमा निवेदन दिएपछि उप्रेतीको परिवार बाढीपीडित भएकाले निशुल्क चारित्रिक प्रमाणपत्र दिने आशयको सिफारिस वार्ड कार्यालयले बनाइदिएको थियो । तर वार्डको सिफारिस नमान्ने भन्दै विद्यालयका प्रधानाध्यापक भीम सुब्बाले रकम लिएरै प्रमाणपत्र लिन आउन भनेको अर्जुनका बुवा प्रेमप्रसाद उप्रेतीले गुनासो गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.