बिर्तामोड । सुनगाभा एङ्लिस स्कूलले १६ औं बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ ।

बिर्तामोड ५ स्थित बिद्यालयले ६ जना पुर्व शिक्षकहरु लाई सम्मान समेत गरेको छ भने २०७९ सालका १/१ जना उत्कृष्ट शिक्षक,विद्यार्थी तथा बिद्यालय प्रथम ,दिद्वय र तृतीय हुने विद्यार्थी साथै नर्सरी देखि कक्षा ७ सम्मका कक्षा प्रथम हुने विद्यार्थी लाई सम्मान गरिएको बिद्यालयका संस्थापक िप्रन्सिपल मिलन श्रेष्ठले जानकारी दिए ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्य , प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल लगायले शुभकामना राखेका थिए ।
शिक्षक दिपेश शाहाले स्वागत गरेको कार्यक्रममा हिसान झापा सचिब देबेद्र हुमागाई ,प्याब्सन बिर्तामोड सचिब सुरेन्द्र खरेल , दिपक चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष मिरा श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा विद्यार्थीले गित,नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
बालबालिकाको सर्बाङ्गिण बिकासका लागि बिद्यालय रचनात्मक गतिविधि गर्दै आएको बताईएको छ । कार्यक्रमको संचालन शिक्षक,विद्यार्थीले सामुहिक रुपमा गरेका थिए ।







