• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वाल्मीकि एजुकेशनमा ‘स्टेम फेष्ट’ कार्यक्रम


  •    संवाददाता/ बिहिबार, फागुन १०, २०८०  

  • बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाए । कक्षा–११ र १२मा अध्ययनरत् विद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका हुन् । वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट, म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् ।

    त्यस्तै अन्य बिद्यार्थीले समेत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय परिसरमा आयोजना गरिएको ‘स्टेम फेष्ट’को उद्घाटन बिर्तामोड नगरपालिकी प्रमुख पवित्रादेवी महतरा प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै गरेकी थिइन् । यस अघि विद्यालयको गेटमा रहेको रिवन मोवाइल एपद्वारा कन्ट्रोल गर्दै रोवटले काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    Advertisement

    विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले विद्यालयका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, गणित, खानेका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रर्दशनी गरिएको बताए । विद्यालयमा आयोजित कार्यक्रममा दुई सयभन्दा धेरै विद्यार्थीले एकैपटक एउटै स्टेजमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, न्यूटन्स एजुकेशनका प्रिन्सिपल देवेन्द्र हुमागाँई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन जीवन आचार्य र आशिष कार्कीले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.