बिर्तामोड । बिर्तामोड स्थित मनकामना माध्यमिक बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यक्रम झापाको सहजीकरणमा आज बिद्यालयका १ सय बढी विद्यार्थीले सहभागीता जनाएको प्रधानाध्यापक केशब ढुंगानाले जानकारी दिए ।
ट्राफिक प्रहरी नायब निरीक्षक पुर्ण गौतमले सहजीकरण गरेको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी रहेका थिए ।
विद्यार्थीमा ट्राफिक चेतना बिकास संगै दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उदेश्यले कार्यक्रम गरिएको बताईएको छ ।
Advertisement







