• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा


  •    संवाददाता/ बिहिबार, फागुन ०३, २०८०  

  • बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको यहि फागुन १४ गते हुने चुनावका लागि पाँच वटा दलको तर्फबाट स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।
    आज बिर्तामोड स्थित अतिथि सदनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपासहित पाँच वटा पार्टीका ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानल घोषणा गरिएको हो ।

    सो प्यानलको तर्फबाट अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।
    प्यानलको अध्यक्षमा मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा बिशम लिम्बु, बाणिज्य सचिवमा कृष्ण चापागाई, कोषाध्यक्षमा युवराज निरौला, सहकोषाध्यक्षमा निशा कर्णको उम्मेद्वारी घोषणा गरिएको छ ।
    त्यस्तै खुल्ला सदस्यमा सत्रुधन रौनियार, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेश कुमार सिंह , रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुश्मा उप्रेती रहेका छन् । स्वतन्त्र ब्यवसायिक प्यानलले २१ बुँदे प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेको छ ।
    निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष उमेश डालमिया उम्मेद्वारहरुको नाम घोषणा गरेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथि डालमिया, बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, राप्रपा केन्द्रीय सदस्य राजकुमार पोखरेल, रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्की, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेल, नेताहरु देवराज कार्की, जेवी जबेगु, फडिन्द्रराज न्यौपाने, वेदप्रकाश अग्रवाल, गौरीमान राई, अभिषेक राई, माओवादी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।
    राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत र कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.