फागुन १ | बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिंकन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ ।
सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।
त्यस मन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए ।

उनले प्रत्येक महिना अभिभावकसंग चियागफ कार्यक्रम संचालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान , बाल उद्यान , विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ । अभिभावकको माग बमोजिम यातायात तथा अन्य सुबिधाको समेत ब्यबस्थापन गरिएको बिद्यालयले जनाएको छ।
लिंकन मन्टेश्वरीले सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना गर्ने
लिंकन मन्टेश्वरीले सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना गर्ने
Advertisement
तपाईको प्रतिक्रिया







