• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१५ हजार ८ सय ३६ले हेरे नाटक रिफण्ड , झापा नाटक घरले सार्थकता पाउदै


  •    संवाददाता/ आइतबार, माघ २८, २०८०  

  • झापा नाटक घरमा गत माघ १० गतेबाट सुरु भएको नाटक रिफण्ड २५ गते सम्म मञ्चन गरिएकाे छ ।
    नाटक घरको अाम्सिक कार्य पूरा गरि पहिलोपटक मञ्चन गरिएको नाटकलाई २५ वटा सरकारी र ४५ वटा निजि बिद्यालयका बिद्यार्थी शिक्षक, शिक्षिका ,अभिभावक तथा अाम सर्वसाधारण गरि १६ हजार ८ सय ३६ जनाले प्रत्यक्ष रुपमा नाटक घरमा उपस्थित भएर नाटक हेरेको क्षितिज नाट्य प्र रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका निर्माण परिकल्पनाकार युवा रंगकर्मी माधब कल्पितले जानकारी दिनु भएको छ ।
    नाटकलाई अपार सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याएका बिद्यालय परिवार , सहकारी ,संघ संस्था ,बिर्तामोड ,कनकाइ , अर्जुनधारा मेचीनगर, शीवसताक्षी नगरपालिका तथा हल्दिबारी गाउँ पालिका शिक्षा शाखा कार्यालय, प्याप्सन झापा परिवार नगर प्याप्सन बिर्तामोड, सहारा नेपाल केन्द्रीय परिवार ,बिर्तामोड वडा न.१ काे कार्यालय स्थानीय टाेल बिकास समिति, विभिन्न सञ्चर माध्यममा सम्बद्ध सञ्चारकर्मी ,पिजाघर बिर्तामोड , नाट्य प्रतिष्ठानका संरक्षकहरु, सल्लाहकार पदाधिकारीहरु, क्षितिज नाैमति बाजा ब्यबस्थापन समिति , फुलबारी नाैमती बाजा परिवार नाट्य प्रतिष्ठान सम्बद्ध सबै बिभागिय समितिहरु सबै-सबै सम्पुर्ण सहभागी शैक्षिक प्रतिष्ठानले पुर्याएकाे याेगदान लाई स्मरण गर्दै प्रतिष्ठानले सबै प्रती एक कार्यक्रमका बिच आभार प्रकट गरेकाे छ ।
    “आम कलाप्रेमी जनताकाे माया साथ र हाैषलाले नै झापामा एउटा कला मन्दिर काे स्थापाना भयो । जसले आफ्नाे पहिलो प्रस्तुति बाट नै हजारौं दर्शक माझ नाट्य कलाकाे माध्यम बाट मनाेरंञ्जन साथै शिक्षा र चेतना काे दियो जलाउन सफल भएको छ । आगामी दिनमा समेत तपाई सबै सबैकाे माया,साथ र आशिर्बादकाे अपेक्षा राख्दछाै” नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा अभियन्ता कल्पितले ब्यक्त गरे ।
    अधुरो झापा नाटक घरको पुर्णताका लागि नाटक हेर्न आएका दर्शकहरुले टिकट मात्रै काटेन्न आवश्यक जिन्सि सामान समेत दिने घाेषणा गरेका छन । कनकाई नगरले २५० थान कुर्सी प्रदान गरेकाे छ भने बिर्तामोड नगरपालिकाले नाटक घरका लागि आवश्यक ड्रामा लाइट उपलब्ध गराउने , सहारा नेपाल साकाेस बाट २० के. भि . जेनेरेटर उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै अर्जुनधारा नगरपालिकाले ५० हजार मुल्य बराबरको निर्माण सहयोग गरेकाे साथेै अन्य नगरपालिका तथा गाउँ पालिकाले पनि यथा सक्य सहयोग गर्ने प्रतिवद्धता जनाएकाे नाटक रिफण्ड मञ्चन ब्यवस्थापन समित संयाेजन ताराप्रकाश भट्टराईले जनाए ।
    ३ लाख ६६ हजार १ सय ६३ रुपैयाँको खर्चमा सम्पन्न नाटक रिफण्डका लागि सबै क्षेत्रबाट घाेषित सहयोग प्राप्त हुदा सम्म ३० लाख मूल्य बराबरको जिन्सी सामाग्री नाटक घरले जाेड्न सफल हुने नाट्य प्रतिष्ठानका मेनेजिङ्ग डाइरेक्टर राजकुमार भट्टराईले जनाए ।
    निर्माणाधीन झापा नाटक घरको पुर्णताका लागि पहिलोपटक झापा नाटक घरमा मञ्चन गरिएको नाटक रिफण्ड कक्षा -११ काे अनिवार्य अंग्रेजी पाठ्यक्रममा समावेश क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले दिए ।
    माघ २२ गते सम्मका लागि भनेर मञ्चन सुरु गरिएको नाटक रिफण्डका लागि अझै साे हरु बुकिङ हुन थालेपछि अरु तीन दिनका लागि नाटक थप्नु परेकाे साहित्य प्रतिष्ठानका उपाध्यक्ष दुर्गा प्रसाद सिग्देलले बताए ।
    बिद्यार्थीकाे पाठ्यक्रममा आधारीत भएकाले अहिले बिर्तामोड , अर्नुनधारा , कनकाइ ,डाँगीवारि र शिवसताक्षी सम्मका बिद्यालयले आफ्ना बिद्यार्थी सहित झापा नाटक घरमा तानिएका थिए । नाटक बिहान ८ बजे , ९:३० बजे, ११:३० बजे २:३० बजे र ४:३० बजे गरि दिनको चार देखि पाँच मंञ्चन गरिएकाे थियो ।
    हंगेरीका प्रसिद्ध लेखक फ्रिज क्यारेन्थि द्बारा लिखित नाटक रिफण्डलाइ अनिस लुइँटेलले नेपाली अनुबाद गरेका थिए भने नाम्लो नाट्य समूह माेरङ्गका संयाेजक सुदिप जंग कार्कीले निर्देशन गरेका हुन । नाटकमा बिबेक मिश्र, सुरज माझी प्रज्वल भट्टराई , बाेन्बाे सन्ताेष दीक्षा चाैधरी ,सञ्जय मुडियारी, प्रदिप दहाल, काे जिवन्त अभिनय रहेकाे थियाे भने लाइट,म्युजिक सुशील कार्की काे रहेको थियो ।
    ब्यवहारिक र सीप मुलक शिक्षा आजकाे आव्श्यकता भन्ने बिषय बस्तुमा केन्द्रीकृत नाटकले हजारौं दर्शकको मन जित्न सफल भएको र निकट भबिश्यमा पुन अर्को नाटकका साथ आउने अध्यक्ष कल्पितले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.