एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले छैटौं बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ ।
बिर्तामोड ६ स्थित बुट्टाबारीमा रहेको एकाडेमीका विद्यार्थीले बार्षिकत्सवमा गित ,नृत्य लगायतका प्रस्तुति हरु प्रस्तुत गरेका थिए ।

बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी , प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल , न्यूटन्स एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाई ,अभिभावक डिल्ली उप्रेती , बिद्यालय संस्थापक धर्मा पराजुली प्रसाईं लगायतले शुभकामना राखेका थिए ।
बिद्यालयका प्रधानाध्यापक अनुप शर्मा अध्यक्षता रहेको कार्यक्रममा स्वागत राजेन्द्र रिजालले गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी लाई सम्मान समेत गरिएको थियो भने संचालन विद्यार्थी तथा शिक्षकले संयुक्तरूपमा गरेका थिए ।
एभरेष्ट स्मार्टको छैटौं बार्षिक उत्सव सम्पन्न
एभरेष्ट स्मार्टको छैटौं बार्षिक उत्सव सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया







