झापा । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई स्वागत सम्मान गरिएको छ ।
बिर्तामोड ५ स्थित सप्तक संगितालयले आज एक कार्यक्रमका बिच सम्मान गरेको हो । झापा हल्दिबारीकि पौडेल दृस्टी बिहिन छिन् उनले संगितालयबाट संगीतको प्रशिक्षण समेत लिएकी थिइन् । 
गायिका पौडेलले संगीतको माध्यम बाट नेपालीको शिर उच्च बनाएको भन्दै सम्मान गरिएको संगितालयका अध्यक्ष आकृति खतिवडाले बताइन् । हिसान झापाका सचिब एंव न्यूटन्स एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड वडा नम्बर ५ का वडासदस्य ओम सेडाई , खड्ग प्रसाद सिटौला ,साहित्य चौतारीका अध्यक्ष देबिभक्त श्रेष्ठ लगायतले पौडेल लाई बधाई दिएका थिए ।

गायिका पौडेललाई फुलमाला, अबिर र सम्मानपत्र प्रदान गर्दै सम्मान तथा अभिनन्दन गरिएको थियो । संगीत प्रशिक्षक अर्पण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा संस्थापक कुशल पौडेलले स्वागत गरेका थिए। पबित्रा पौडेलले संचालन गरेको कार्यक्रममा विद्यार्थी हरुले गित गाएर पौडेल लाई स्वागत तथा सम्मान गरेका थिए ।
सप्तक संगितालय बिर्तामोडले गर्यो मेनुका लाई सम्मान
सप्तक संगितालय बिर्तामोडले गर्यो मेनुका लाई सम्मान
Advertisement
तपाईको प्रतिक्रिया







