• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारी झापाले मनायो २६ औं स्थापना दिवस


  •    संवाददाता/ सोमबार, माघ २२, २०८०  

  • झापा । प्रेस चौतारी नेपाल झापाले २६ औं स्थापना दिवस मनाएको छ । बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा आज चौतारीले विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।
    चौतारीले दुई दशक अघि संगठनको नेतृत्व गरेका अग्रज तोयानाथ दाहाल उपेक्षितलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
    त्यस्तै सोहि अवसरमा बिरामी भएका पत्रकारलाई उपचार कोषको रकम बितरण, निःशुल्क आँखा स्वास्थ्य शिविरसहित वनभोज कार्यक्रम गरेर स्थापना दिवस मनाएको प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियारले जानकारी दिए ।

    चौतारीले स्थापना गरेको पत्रकार उपचार कोषबाट विरामी भएका पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको निःशुल्क आँखासमेत परिक्षण गरिएको थियो ।

    चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदिप परियाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रिय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सदस्य रेजिना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा कोषाध्यक्ष तीलक योञ्जनले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.