• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनकामनाको २५ औं बार्षिक उत्सव विविध कार्यक्रम गर्दै सम्पन्न


  •    संवाददाता/ सोमबार, माघ २२, २०८०  

  • बिर्तामोड । झापाको बिर्तामोड–१ मा सञ्चालित मनकामना सेकेन्डरी स्कुलले २५ औं बार्षिकोत्सवका अवसरमा बिविध कार्यक्रम गरेको छ । सोमवार (आज) स्कुल परिसरमा कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीले सांस्कृतिक कार्यक्रमसहितका बिविध कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका हुन् ।

    बार्षिकोत्सवका अवसरमा बर्ष उत्कृष्ट शिक्षक सम्मान, उत्कृष्ट अभिवावक सम्मानसहित नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थीहरुले विभिन्न प्रकारका गायन तथा नृत्यसहित मनोरञ्जनान्तमक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    बर्ष उत्कृष्ट शिक्षक सम्मानका रुपमा शिक्षिका बन्दना अधिकारी, उत्कृष्ट अभिभावकका रुपमा रोधराज भण्डारी, अम्बिका अधिकारी, राजकुमार आङदम्वे र लक्ष्मीमाया लिम्बु, (इधिङ्गो) लाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिए । उनका अनुसार बार्षिकोत्सवका अवसरमा स्कुलले दुई दिनको कार्यक्रम आयोजना गरेको छ । आज कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीले बिभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम रहेको छन् भने भोली मंगलबार कक्षा ११ देखि डिप्लोमासम्मका बिद्यार्थीहरुले बिविध कार्यक्रम गर्ने स्कुलका प्रिन्सिपल ढुङ्गानाले बताएका छन् ।

    Advertisement

    बिद्यालयका सञ्चालक कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापा अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्य रहेको थियो । स्वागत शिक्षक ओम कडरियाले गरेको कार्यक्रममा प्रमुख अतिथि फागोले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, हिसान सचिव देवेन्द्र हुमागाई, बालबालिका शिक्षा तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल, बिद्यालय सञ्चालकहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

    बिद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म सात सय बिद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक तथा कर्मचारी ५० जना रहेका बिद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.