• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कमल गाउँपालिका बालमैत्री पालिका घोषित


  •    संवाददाता/ आइतबार, माघ २१, २०८०  

  • झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ ।कोशी प्रदेशको पहिलो गाउँपालिका तथा झापा जिल्लामा दोस्रो पालिकाको रुपमा कमल गाउँपालिका बालमैत्री घोषित भएको हो । यसअघि पहिलो पटक भद्रपुर नगरपालिका घोषणा भएको थियो । “खुशी राखौं बालबालिकाको मुहार बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारासहित २०७७ साल फागुन १३ गते बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान सुरु भएको थियो ।

    प्रदेश सरकारका केदार कार्कीले कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगशाला परिसरमा आयोजित समारोहमा सो पालिकालाई बालमैत्री घोषणा गर्दै कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।

    Advertisement

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकार भविष्य निर्माणका आधारशीला बालबालिकाको स्वास्थ्य, शिक्षासहित मौलिक हक अधिकारको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले १० बर्ष मुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने बन्दोबस्त मिलाएको बताउँदै बालबालिकाहरु सुरक्षित नभएसम्म देशको भविष्य सुरक्षित नहुने कुरामा कसैको पनि फरक मत हुन नहुने बताए ।

    Advertisement

    ज्येष्ठ नागरिकका आश्रम, सामुदायिक भवन, कुल मन्दिर आदिको लागि बजेट माग गरिनु राम्रो नभएको बताउँदै त्यस्ता संरचनाहरु सम्बन्धित सरोकारवालाहरुको आफ्नै प्रयासबाट बनाइनु पर्ने आफनो धारणा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले पूर्वाधार विकासभन्दा नागरिकहरुको सामाजिक र संवेगनात्मक विकासमा जोड दिए ।

    कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले स्थानीय तहमध्ये कमल गाउँपालिका कोशी प्रदेशको चौथो बालमैत्री स्थानीय तह र गाउँपालिकाहरुमध्ये पहिलो तथा देशभरको २३ औं बालमैत्री गाउँपालिका बनेको जानकारी गराए ।
    कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्ले, प्याव्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोसहित विभिन्न राजनीतिक दल, संघ संस्था, बाल क्लब सञ्जाल लगायतका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बालमैत्री घोषणाको तयारी सम्बन्धीको प्रतिवेदन पेश गर्दै कमल गाउँपालिकाको कूल जनसंख्याको २९ प्रतिशत बालबालिका रहेको उल्लेख गरे । उनले पालिकाका गाउँ टोलमार्फत घरघरमा बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरु पुरा भए नभएको तथ्यांक लिइएको उल्लेख गरे ।

    उनले २०७७ सालबाट पालिकामा शुरु भएको यो प्रयासले अहिले यो सफलता पाएको जनाए । यसका लागि जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, बाल सहजकर्ता, अभियानकर्मीहरुलगायतको भूमिकाको प्रशंसा गरे ।
    कमल बाल सञ्जालका बालबालिकाहरुले उद्घोषण गरेको सो घोषणा कार्यक्रममा पालिकास्थित विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुमा क्रियाशील बाल क्लबका बालबालिकाहरुले देशभक्ति,बाल सचेतनामुलक र मनोरञ्जनात्मक गीत, नृत्य आदि प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.