कनकाई । फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनले एकदिने अभिभावक शिक्षा तालिम सम्पन्न गरेको छ ।
कन्काई ७ दुर्गापुरमा रहेको फाउन्डेसनले अभिभावक लाई बालबालिकाको मनोबिज्ञान लाई कसरी सम्बोधन गर्ने ,उनीहरुको समस्यालाई अभिभावकले कसरी सहजीकरण गर्ने लगायतका विषयमा तालिम प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले जानकारी दिए । 
प्रशिक्षक पबित्रा पौडेलले सहजीकरण गरेको कार्यक्रम ३ सय भन्दा बढी अभिभावक सहभागी रहेका थिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा नेङ्वाङको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य निर्मल आङ्थोपोको प्रमुख आतिथ्य रहेको थियो ।
तालिममा सहभागी अभिभावक लाई विभिन्न खेलकुद प्रतियोगिता समेत गराईएको थियो ।
बाल मैत्री रहेको बिद्यालय अन्तरास्ट्रिय स्कुल अवार्ड आइएसए बाट समेत सम्मानित भईसकेको छ भने हाल बिद्यालयमा ५ सय विद्यार्थीले पठनपाठन गर्दै आएका छन् । सोही अवसरमा स्वस्तिका पोख्रेलले बालमैत्री सम्बन्धि अभिमुखिकरण र तिलक लिम्बुले योग साधना सम्बन्धि प्रशिक्षण प्रदान गरेका थिए । 
शिक्षक लक्ष्मी प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक नेङ्वाङले स्वागत गर्दै विद्यार्थी लाई मात्र पढाएर मात्र असल समाज निर्माण गर्न नसकिने भएकाले अभिभावक शिक्षा प्रदान गरिएको बताए ।
फक्ताङ्लुङमा अभिभावक शिक्षा तालीम सम्पन्न
फक्ताङ्लुङमा अभिभावक शिक्षा तालीम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया







