• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रिफण्ड प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक बिर्तामोडमा


  •    संवाददाता/ बिहिबार, माघ १८, २०८०  

  • झापाको बिर्तामोड स्थित झापा नाटक घरमा दैनिक मञ्चन हुँदै आएको नाटक रिफण्डको कथा वस्तुले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई झस्काई दिने गरेको छ ।

    वर्तमान अवस्थामा नेपालको शिक्षा नीति, शिक्षकको कार्यशैली र विद्यार्थीको सिकाइलाई तिखो रुपमा व्यङ्ग्य प्रहार गरेको छ । नाटकका कलाकारहरूले गरेको अभिनय जीवन्त रहेको छ ।

    Advertisement

    कथा अनुुसार विद्यालयका एक विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र लिनुहोस्, मैले पढ्दा लागेको खर्च फिर्ता दिनुहोस् भनेर गरेको प्रश्नले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुमा आई परेको कठिन परिस्थितिलाई कलाकारहरूले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् ।

    Advertisement

    नाटकले दिन खोजेको सन्देश भने विद्यार्थीको हातमा शैक्षिक योग्यताको प्रमाण पत्र छ तर व्यवहारिक ज्ञान सीप नभएको कारण बेरोजगार छ ? भन्ने कुरा पुष्टि गर्न खोजेको छ ।
    माघ १० गतेबाट मञ्चन हुन सुरु भएको नाटक रिफण्ड प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक हो ।

    मोरङ्ग विराटनगरको नाम्लो नाट्य समूह, झोराहाट नाट्य समूह र झापाको क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा उक्त नाटक मञ्चन भइरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता तथा परिकल्पनाकार, रङ्गकर्मी माधव कल्पितले बताए ।

    उनका अनुसार यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समावेश भएको नाटक सुदिपजंग कार्कीको निर्देशन रहेको नाटकमा सुरज माझी, दिक्षा चौधरी, वन्वो सन्तोष, प्रज्वल भट्टराई, प्रदिप दाहल, विवेक मिश्र र निर्देशक कार्कीको मुख्य अभियन रहेको छ । नाटकमा लाइट संयोजन सुशील कार्कीले गरेका छन् भने म्युजिक संयोजन सञ्जय मुडियारी गर्दै आएका छन् ।

    दैनिक मञ्चन गरिदै आएको नाटक हेर्न दिउसो विद्यार्थी वर्गको बाक्लो उपस्थिति रहदै आएको छ भने बेलुका ४ः३० बजेको मञ्चनमा स्थानीय अभिभावक वर्गहरूको उपस्थिति रहँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.