• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा मा . बि को बार्षिकोत्सव शिक्षक, विद्यार्थी, अभिभावकलगायत दर्जनौं सम्मानित


  •    संवाददाता/ बिहिबार, माघ १८, २०८०  

  • बिर्तामोड । झापाको बिर्तामोड–९ को दुर्गा माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सवमा दर्जनौं ब्यक्तित्वलाई सम्मान गरेको छ । बिद्यालयले बार्षिकोत्सवका अवसरमा शिक्षक, विद्यार्थी, अभिभावकलगायत दर्जनौं व्यक्तिहरूलाई बुधबार सम्मान गरेको थियो ।

    पत्रकार इन्द्रजित मुखिया सुनुवारलाई उत्कृष्ट शैक्षिक पत्रकार सम्मान प्रहान गरिएको थियो । विद्यालयले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वर्ष शिक्षक सम्मानद्वारा शिक्षक धर्मेन्द्र भट्टराईलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई संघीय संसदका सभामुख देवराज घिमिरेले सम्मान गरेका थिए ।
    कार्यक्रममा विद्यालयका शिक्षक कुमार खरेल र जनार्दन मिश्रलाई दीर्घसेवा सम्मान द्वारा सम्मानित गरिएको छ । स्वर्गीय खतियासिंह राजवंशी स्मृति अक्षय कोषबाट विद्यालयका शिक्षक निरतलाल राजवंशी र देवकोटा आविकी शिक्षिका टिका चौधरीलाई नगद सम्मान गरिएको थियो।

    Advertisement

    विद्यालयका पूर्व प्रधान अध्यापकहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा जग्गादाता सारदा राजबंशी फलिता राजवंशी र एजमिरा खातुन र आकृति खरेललाई समेत सम्मान गरिएको थियो। विद्यालयमा स्थापित १० वटा छात्रवृत्तिहरूबाट विभिन्न विद्यार्थीहरूलाई नगद प्रदान गरिएको थियो।

    Advertisement

    कार्यक्रममा कोशी प्रदेशका सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रदेवी महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपानेले २ लाख ५१ हजारको अक्षय कोष स्थापना गरिदिने घोषणा गरेका छन् ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । सहायक प्रधानध्यापक लेखनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक धर्मेन्द्र भट्टराई र उमानाथ भण्डारीले संयुक्त रुपमा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.