• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीर अमरसिंहको बार्षिक उत्सव सप्पन्न दाता तथा शिक्षक सम्मानित


  •    संवाददाता/ मङ्गलबार, माघ १६, २०८०  

  • झापा,माघ १६ । पछि स्थापना भएका छिमेकी विद्यालयहरु सुविधासम्पन्न भइसके । तर, करिव सात दशक लामो इतिहास बोकेको बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक विद्यालय अझै भौतिक पूर्वाधारको समस्याबाट गुज्रिरहेको छ । विद्यालयमा कक्षा कोठा , स्कुल बस , सुविधासम्पन्न शौचालयजस्ता अभाव रहेको हो ।

    समस्या भएकै कारण विद्यालय परिवार दाता र सहयोगीसमक्ष हात फैलाउन बाध्य छ । विद्यालयको ६६ औं वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पनि विद्यालय परिवारले सहयोगका लागि आग्रह गर्यो । विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक यदुनाथ अधिकारीले भारतीय दूतावासमार्फत विद्यालय भवनका लागि विस्तृत खाकासहितको योजना पेश गरी पटक–पटक पहल गर्दा पनि सहयोग मिल्न नसकिरहेको भन्दै पहल गरिदिन खरेललाई आग्रह गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेललेआबश्यक कक्षा कोठा नहुँदा विद्यालय दुई सत्रमा संचालन भइरहेको बताए । भवन नहुँदा पठनपाठनमा समस्या हुनुका साथै खेलकुद सामग्री कोठाको अभाव , बैठक कक्षको अभाव , पुस्तकालय अध्ययन कक्षको अभाव देखिएको छ । भवन अभावकै कारण जुरेश, स्काउटलगायतका सामाजिक कार्यहरु गर्न नसकेको प्रधानाध्यापक अधिकारीले बताए । उनले स्कुल बसको अभावका कारणले विद्यार्थी संख्या बढ्न नसकेको समस्या सुनाए । कार्यक्रमका अन्य वक्ताहरुले पनि ध्यानाकर्षण गराएपछि पूर्व महान्यायाधिवक्ता खरेलले भारतीय दूतावासबाट स्कुल बसको लागि आफू अनवरत लागिपरेको बताउँदै ढिलो चाँडो स्कुल बस उपलव्ध हुने जानकारी दिए ।

    उनले विद्यालय भवनका लागि पनि आफ्नो सक्दो पहल रहने आश्वासन दिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक , बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत केशरबहादुर खवास , विद्यालयका सल्लाहकारहरु प्रेमप्रकाश ओली , देवराज रिजाल , समाजसेवी डिल्लीप्रसाद सिटौला , आदर्श विद्या मन्दिर घैलाडुब्बाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती , पञ्चरत्न माविका प्रधानाध्यापक योगेन्द्रमणि दाहाल, नेपाली कांग्रेसका प्रतिनिधि नरेन्द्र खरेल ,नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक शिवानी देवानलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षक कर्मचारीको रुपमा चन्द्रशेखर तिम्सिना , सुरज ठाकुर , उत्कृष्ट अभिभावक दीपा अधिकारी , ज्येष्ठ नागरिकहरु कादिन बास्के , हरिनारायण आचार्य , दाताहरु लक्ष्मीदेवी गिरी , पार्वता गिरी , कुमार गिरी , केदार गिरी ,सुशिला प्रसाई र महेश्वर प्रसाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा अक्षय कोषको रकमबाट विभिन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।त्यस विद्यालयमा विभिन्न दाताहरुले करिव २६ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको जनाइएको छ ।

    विद्यार्थी अनिशा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक हेमकुमार उप्रेतीले गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी , शिक्षक शिक्षिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    Advertisement

    नेपालको राणा शासनको अन्त्यपश्चात् २००७ सालमा प्रजातन्त्रको प्राप्तिसँगै विद्यालयहरु खोल्ने क्रममा चारपाने गा.वि.स. वडा नं. ६ निवासी दुखासिंह राजवंशीले सोही गा.वि.स. को वडा नं. ५ मा १ विगाह १४ कठ्ठा जग्गा विद्यालय खोल्न दान दिएका थिए ।सोही ठाउँमा चारपाने ३ निवासी पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष महावीर चौधरीका पिता स्व. पञ्चमलाल चौधरीको अध्यक्षतामा विद्यालय संचालन समिति गठन गरी समिति र गाउँका अभिभावकहरुको निर्णयबाट वीर अमरसिंह प्रा.वि. नाम राखी निजी स्रोतबाट २०१४ सालमा कक्षा १ देखि ३ सम्म विद्यालय संचालन गर्ने निर्णय गरियो । विद्यालयको संस्थापक अध्यक्षमा स्व. पञ्चमलाल चौधरी र संस्थापक शिक्षक एवं प्रधानाध्यापकको रुपमा भोजराज घिमिरे रहेका थिए ।
    सो विद्यालय २०१८ सालसम्म निजी स्रोतमा संचालन गरियो भने २०१९ सालदेखि तत्कालीन श्री ५ को सरकारबाट स्वीकृति प्राप्त गर्यो । २ कोठाको ठोकुवा टाटी र खरको छानो भएको भवन निर्माण गरी ५० जना विद्यार्थीहरु अध्ययनरत थिए । २०१८ सालदेखि चारपाने ४ स्थित बेलडाँगीमा तत्कालीन गाउँ पञ्चायतबाट धर्म भकारीको भवन प्राप्त भएपछि सोही भवनमा विद्यालय सारियो । २०२० सालमा एकजना शिक्षक थप गरी कक्षा ४ र ५ संचालन गरियो। २०३१ सालदेखि तत्कालीन विद्यालय सहयोग समितिका अध्यक्ष शम्भुप्रसाद पोखरेलको अध्यक्षतामा निजी स्रोतमा कक्षा ६ र ७ संचालन भई २०३२ सालमा नि.मा.वि. तहले स्वीकृति प्राप्त गरेको थियो । विद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाई दीगो विकास गर्ने सोचका साथ २०३४ सालदेखि २०५९ सालसम्म लामो समयसम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष र ०७६ मंसिरसम्म विद्यालय सल्लाहकार समिति संयोजक पदमा रहेका स्थानीय समाजसेवी चन्द्रप्रसाद बजगाई, तत्कालीन प्र.अ. हरिभक्त संग्रौलाको सक्रियतामा यसै गा.वि.स. वडा न. ४ स्थित विद्यालय रहेको ठाउँमा २ विगाह १८ कठ्ठा र पश्चिममा घाग्रा खोला छेउ ४ विगाह २ कठ्ठा तथा शरणामती गाविस वडा नं. ८ मा १० विगाह ८ कठ्ठा जग्गा तत्कालिन श्री ५ को सरकारको ऐलानी जग्गा विद्यालयको नाममा दर्ता गराउने काम भयो। २०३६ सालमा तत्कालीन प्रधानपञ्च मोहनसिंह राजवंशीको कार्यकालमा धर्म भकारीको उत्तरपट्टि बनेको एकतले गाउँ पञ्चायत भवन अन्यन्त्र सारी उक्त भवन विद्यालयलाई हस्तान्तरण गरियो । उक्त भवन हाल भत्काएर नयाँ ३ तले ६ कोठे भवन निर्माण भइ प्राविधिक धारको कक्षा संचालन भइरहेको छ ।
    यसरी २०१४ सालमा स्थापना भएको यस विद्यालयले २०५१ सालदेखि निजी स्रोतमा कक्षा सञ्चालन गर्दै २०५४ सालमा कक्षा १० सञ्चालन गर्ने अनुमति पाई सोही वर्षदेखि एस.एल. सी. परीक्षामा सामेल हुने अवसर प्राप्त गर्यो । साथै शैक्षिक सत्र २०६९ सालदेखि तत्कालीन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक एवं शिक्षकहरुको सक्रियतामा कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति पायो। अहिले कक्षा ११ र १२ अन्तर्गत शिक्षा, मानविकी र व्यवस्थापन संकायमा विहानी कक्षा सञ्चालन भईरहेको छ ।समयसापेक्ष शिक्षा प्रदान गर्ने क्रममा शैक्षिक सत्र २०७३ सालबाट कक्षा ९ देखि प्राविधिक धारको शिक्षाअन्तर्गत कम्प्युटर इन्जिनियरीङ कक्षा सञ्चालन गरी अपग्रेड हुँदै हाल प्राविधिक धारतर्फ कक्षा १२ सम्म कम्प्युटर इन्जिनियरीङ कक्षा संचालन भईरहेको छ भने कक्षा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.