• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्सको २१ औं बार्षिकोत्सवमा रक्तदान तथा पुरस्कार वितरण


  •    संवाददाता/ मङ्गलबार, माघ १६, २०८०  

  • झापाको बिर्तामोड–५ मा सञ्चालित न्यूटन्स एजुकेशन एकेडेमीले २१ औं बार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ३१ महिला र ८३ पुरुष गरी ११४ जनाले रगत दान गरेका छन् । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमवार बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि रक्तदानसहित विविध कार्यक्रम आयोजना गरेको थियो ।

    विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् । स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले हाल कक्षा नर्सरीदेखि १२ सम्म एक हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । त्यस्तै एक सय ६० जना शिक्षक, कर्मचारी कार्यरत रहेका छन् । विद्यालयको भौतिक संरचनामा ६ वटा भवन रहेको बताउँदै उनले विद्यालयमा बालक्लव, टुरिजम क्लब, स्काउट गरी तीन वटा क्लबमार्फत विद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराइरहेको जानकारी दिए ।


    सोही कार्यक्रमका बिच नगरस्तरीय निबन्ध लेखन प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम हुने बाल्मीकि एजुकेशन फाउन्डेसनकी कक्षा १० की मनिका भण्डारी, द्वितीय हुने मोहनमाया माविका कक्षा १० का प्रज्ञान खनाल, तृतीय हुने तक्षशीला प्रोग्रेसीभ इङ्लिस स्कुलकी कक्षा ८ की सृष्टि कट्टेल र सान्त्वना हुने न्यूटन्स एजुकेशनकी कक्षा ९ की श्रेयसी कार्कीलाई क्रमशः ७ हजार ५ सय, ६ हजार ५ सय, ५ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो ।

    Advertisement

    त्यसैगरी बिर्तामोड–७ मा रहेको शहीद नेत्रपार्क रंगरोकनका लागि ५० हजार रुपैयाँ बराबरको रंग सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री प्याकुरेललाई प्रदान गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोडका नगर शिक्षा अधिकारी तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए । दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । रोनिशा दाहाल र श्रेयसी कार्कीले संचालन गरेको कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.