• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

श्रमदानले, नेत्रपार्कको मुहार फेरियो


  •    संवाददाता/ आइतबार, माघ १४, २०८०  

  • राज्यको करोडौ बजेट खर्चेर लथालिङ्ग छाडेपछि स्वतःस्फूर्त श्रमदानमा उत्रिएका स्थानीयहरुले नेत्रपार्कमा खटेको आज एक साता हुँदैछ । उनीहरुले लगातार श्रमदान गरिरहेका छन् । ६ दिनसम्म करिव ८ सयजनाले स्वतःस्फूर्त श्रमदान गरिसकेका छन् । श्रमदान गरेको छैटौ दिनसम्म आइपुग्दा नेत्रपार्कको मुहार फेरिएको छ । झाडीले ढाकिएको नेत्रपार्क सुन्दर र आकर्षक देखिएको हो ।

    बिर्तामोड नगरपालिका ७ नं वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले माघ ८ गतेदेखि आयोजना गरेको बृहत् श्रमदान अभियानमा स्थानीय क्लब, टोल विकास संस्था ,जनप्रतिनिधि,मजदुर , व्यवसायी , पत्रकार,सुरक्षाकर्मीलगायतको सहभागिता रहेको छ । स्थानीय एनवाईसी क्लब , न्युस्टार क्लब, रेखा टोल विकास संस्था ,झोलुङ्गे टोल विकास संस्था , सीताराम टोल विकास संस्था , बाह्रघरे टोल विकास संस्था , सिमसार टोल विकास संस्था , सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता रहेको श्रमदानमा बिर्तामोडभरिकै नगरवासीहरुको सहयोग रहेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । उनले श्रमदानसंगै खाजा,पानी र रंगरोकनको सामानमा पनि स्वतःस्फूर्त सहयोग प्राप्त भइरहेको जानकारी दिए । पार्कमा रहेका रुख रंगरोकन गर्न बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , २ का वडाध्यक्ष किशोरकुमार पौडेल, पूर्व वडा सदस्य लक्ष्मी बाँस्कोटालगायतले रंग उपलव्ध गराएको सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री प्याकुरेलले बताए ।

    उनले शेखर कँडेल , विष्णु भट्टराई , राजकुमार संग्रौला , एनवाईसी क्लब, पूजा पौडेललगायतले खाजा, पानीको प्रवन्ध गरिदिएको जानकारी दिए । त्यस्तै पदम खत्रीको स्मृतिमा सरोज न्यौपानेले एउटा ट्युवेल गाडिदिएका छन् भने ३ वटा वन ट्युवेल समूहले गाडेको अध्यक्ष प्याकुरेलले जानकारी दिए । ‘श्रमदानसंगै विभिन्न सहयोगहरु पनि प्राप्त भइरहेको छ ’प्याकुरेलले भने,‘ बाँकी वन समितिले बेहोर्दै आएको छ ।’

    Advertisement

    शनिवार विदाका दिन करिव दुई सयजना श्रमदानमा खटिएका थिए । प्रदेश सांसद एकराज कार्की , बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेल,एमालेका नगर इन्चार्ज देवराज कार्कीलगायत शनिवारको श्रमदानमा सहभागी भएका थिए । भुटानी शरणार्थीहरु तेस्रो राष्ट्र पुनर्स्थापित भएपछि गोलधाप शरणार्थी शिविर खाली भएको थियो । त्यसपछि सुन्दर निचाझोडा सामुदायिक वनको सो खाली जग्गामा सहिद नेत्रपार्क निर्माण गरिएको थियो । विभिन्न संरचना निर्माणपछि सञ्चालन नै नभई नेत्रपार्क बेवारिसे अवस्थामा पुगेको थियो । नेत्रपार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । त्यस्तै स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको थियो । पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको थियो । पोखरी पातपतिङ्गरले पुरिन लागेको थियो भने स्वीमिङ पुल प्रयोगविहीन बनेको थियो ।

    Advertisement

    श्रमदानसंगै नेपाल सरकारको १०१ गन्तब्यमा पर्न सफल सहिद नेत्रपार्क अब संचालनमा आउने वडाध्यक्ष खरेलले बताए । त्यस पार्कमा माघ २२ गते प्रेस चौतारी झापाको कार्यक्रम हुन लागेको छ भने माघ २८ गते बिर्तामोड नगरपालिकाको नगरसभा त्यही पार्कमा हुने भएको छ । आगामी शनिवारदेखि पिकनिक संचालन हुनेगरी सबै सेवा सुविधा उपलव्ध गराइने वन समितिका अध्यक्ष प्याकुरेलले जानकारी दिए । शुरुवाती समयमा पिकनिकका लागि प्रवेश निःशुल्क गरिएको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.