• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कृषिमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न– असफल भइयो कि बनाए ?


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २५, २०७७  

  • झापा । वर्षायाममा धान रोप्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेको सरकारले हिउँदे बालीका लागि समेत मल ल्याउन नसक्ने देखिएको छ । बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाए पनि हालसम्म सरकारले ल्याउन सकेको छैन ।

    मल नपाएर किसान छट्पटाएको देखेपछि झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषाललाई प्रश्न गरेका छन् । सोमबार राति ट्वीट गर्दै सांसद् लिङ्देनले मन्त्री भुषाललाई सोधेका छन्, ‘प्रिय घनश्याम भुषाल, किसानले हिउँदे बालीका लागि पनि रासायनिक मल नपाउने टुङ्गोजस्तै देखियो । असफल भइयो कि बनाए ?’

    Advertisement

    सांसद् लिङ्देन निरन्तर रुपमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरिरहेका छन् । जनताका गुनासा सुन्ने र सरकारको ध्यानाकर्षण गराउने काममा उनी क्रियाशील छन् । किसानले मलको समस्याबारे गुनासो राख्नासाथ लिङ्देनले कृषिमन्त्रीलाई प्रश्न गरेका हुन् ।

    Advertisement

    यद्यपि, मन्त्री भुषालले सांसद् लिङ्देनको प्रश्नको जवाफ लेखेका छैनन् । मन्त्री भुषालले झण्डै तीन महिनायता ट्वीटरमा केही पनि लेखेका छैनन् । गत भदौ १ गते मन्त्री भुषालले ट्वीटरमा कृषि मन्त्रालयको अपील अपलोड गरेका थिए । उक्त अपीलमा भनिएको थियो, ‘अबको एक हप्ताभित्रमा नेपालमा मल भित्रिन थाल्ने छ ।’ त्यसयता मन्त्री भुषालले मलबारे केही उल्लेख गरेका छैनन् ।

    बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैँचो दिन सहमति जनाए पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याउन नसक्दा मन्त्री भुषालसँग किसान सन्तुष्ट छैनन् । बंगलादेशले मल दिने भएपछि कृषि मन्त्रालयले गृहकार्य तीव्र पारेको जनाएको थियो । ट्रकबाट मल ढुवानी छिटो छरितो हुने मन्त्रालयको निष्कर्ष थियो । तर, किसानले मल भने अहिलेसम्म पनि पाउन सकेनन् ।

    तत्कालका लागि बंगलादेशबाट नेपाललाई आवश्यक रासायनिक मल ल्याउने र पछि ग्लोबल टेन्डर गरेर उसलाई फिर्ता गरिदिने कृषि मन्त्रालयको योजना थियो ।

    मन्त्रालयका अनुसार मलको वार्षिक माग साढे ७ लाख टन हो । वार्षिक करिब ५ लाख टन आयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन । तर सरकारी निकायबाट औसतमा साढे ३ लाखभन्दा बढी मल आयात हुन सकेको छैन । कोभिड–१९ का कारण अहिले बाँझो जमिनमा पनि बाली लगाउने क्रम बढेको छ । यसले पनि मलको माग बढेको छ । तर पर्याप्त योजना र समयमै टेन्डर नहुँदा किसानले हरेक वर्ष मल अभावको पीडा खेपिरहनुपरेको छ ।

    लिङ्देनको ट्वीटको लिङ्कः

    प्रिय@gsbhusal, किसानले हिउँदेवालीका लागि पनि रासायनिक मल नपाउने टुंगो जस्तै देखियो ।
    असफल भईयो कि बनाए ?

    — Rajendra Lingden (@RajendraLingden) November 9, 2020

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.