• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै के गर्ने ? थाहा पाइराखौं


  •    संवाददाता/ बिहिबार, माघ ११, २०८०  

  • खासगरी असावधानीवश बच्चालाई तातो पानीले पोल्न सक्छ । कहिलेकाहीं आगोले पोल्न सक्छ । यस्तो बेला के गर्ने तुरुन्त अस्पताल पुर्‍याउन अनुकूल नहोला । कति गृहिणी त अत्तालिन्छन् पनि । किनभने उनीहरु मात्र घरमा भएको बेला बच्चालाई यसरी तातो पानी वा आगोले पोल्न सक्छ । अब उनीहरुलाई के गरौं, कसो गरौं हुन्छ ।

    अचानक यस्तो घटना भएमा हाम्रो दिमागले पनि सही काम गर्दैन । यद्यपि यतिबेला आफूलाई सम्हालेर बच्चाको ९बुढापाका वा अरु व्यक्ति पनि हुनसक्छ प्राथमिक उपचार गरिदिनुपर्छ ।

    Advertisement

    हुन त आगो वा तातो पानीले कति पोलेको छ रु कसरी पोलेको छ रु त्यो कति जटिल वा सामान्य छ रु यसअनुसार पनि उपचार फरक हुनसक्छ । यदि धेरै जटिल अवस्था छैन भने घरमै केही प्राथमिक उपचार गरिदिनुपर्छ ।

    Advertisement

    पानी वा आगोले पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ । सामान्यतया आधा घण्टासम्म धारा बनाएर चिसो पानी लगाइरहँदा राम्रो हुन्छ ।

    यसरी चिसो पानी लगाउँदा पोलेको ठाउँमा दुखाइ कम हुन्छ । त्यसपछि पोलेको भागको अवस्था हेरेर थप उपचार गर्ने वा नगर्ने टुंगो गर्नुपर्छ

    यसरी पोलेको छालाको सतहमा फोका उठ्न सक्छ । त्यस्तो फोका फुटाउनु हुन्न । फोका फुट्यो भने घाउमा कपडा टाँसिन सक्छ । साथै घाउ दुख्ने र संक्रमण हुने जोखिम पनि हुन्छ ।

    धेरै मान्छेले के गल्ती गर्छन् भने पोलेको ठाउँमा आइस क्युब लगाउँछन् । पोलेको ठाउँमा तुरुन्त आइस लगाउनु हुँदैन । कतिपयले गोलभेंडा, गोबर लगाउँदा ठीक हुन्छ भन्ने पनि गरेको सुनिन्छ । यसरी अनुमानको भरमा घरेलु उपचार गर्दा घाउ थप जटिल बन्ने, संक्रमण हुने, पाक्ने हुनसक्छ ।

    तातो पानी वा आगोले धेरै नै पोलेको छ, छाला पूरै नष्ट भएको वा गहिरो घाउ भएको छ भने कति पनि ढिला नगरी नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउनुपर्छ । यसरी अस्पताल पुर्‍याउने क्रममा पनि पोलेको भागमा चिसो पानीले भने भिजाइरहनुपर्छ ।

    नरम कपडालाई चिसो पानीले भिजाएर पोलेको भागमा राख्नुपर्छ । घाउ सुख्खा भएमा चिसो सफा रुपमालले ६–७ पटक भन्दा बढी भिजाइरहनुपर्छ । यसमा धुलो, फोहोर, झिंगा बस्न दिनु हुँदैन । आगो वा तातो पानीले पोलेको बच्चालाई प्रशस्त झोलिलो पदार्थ खुवाउनुपर्छ । उनीहरुको शरीर कमजोर हुन दिनु हुँदैन ।

    कहिलेकाहीं आगो वा तातो पानीले पोलेर निकै जटिल अवस्थामा पुर्‍याउन सक्छ । शरीरको धेरै भाग जल्न वा पोल्न सक्छ । छालाको भित्री तहसम्म त्यसको असर हुनसक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.