• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिबारीमा करिव २५० बिघामा मात्र तोरी खेती, प्रचार गरियो २५ सय बिघा भनेर


  •    संवाददाता/ सोमबार, माघ ०८, २०८०  

  • झापाको हल्दिवारीमा करिव २५० विघामा मात्र तोरी खेती लगाएको पाइएको छ ।

    संचारमाध्यमले प्रचार गरेजस्तो हल्दिवारीमा २५०० विघामा तोरी खेती नगरिएको हल्दिवारी गाउँपालिकाले स्पष्ट पारेको छ । तोरी खेतीका लागि यस वर्ष हल्दिवारी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार केजी तोरीको बीउ वितरण गरेको थियो ।एक विघामा १२ केजी तोरीको बीउ आबश्यक पर्छ । त्यो हिसाबले अनुदानको बीउबाट २५० बिघामा किसानले तोरी खेती लगाएको गाउँपालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताए । उनले अनुदानबाहेक आफ्नै बीउबाट करिव ५० विघामा किसानले तोरी लगाएको हुनसक्ने बताए । यसबाट हल्दिवारीमा जम्मा ३ सय विघामा तोरी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

    Advertisement

    प्रतिकेजी २५० रुपैयाँ पर्ने मोरङ २ जातको उन्नत तोरीको बीउ वितरण गरिएको थियो । ती बीउ ३२० जना किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख गुरुङले जानकारी दिए । तोरी खेती प्रवद्र्धनका लागि हल्दिवारी गाउँपालिकाले यस वर्ष ९ लाख रुपैयाँ बजेट छुट्याएको थियो । यसअघि गत वर्ष बजेट छुट्याएकोमा कुनै पनि किसान अनुदानका लागि नआएको गुरुङले बताए ।

    Advertisement

    झापामा करिव ५५ सय हेक्टर क्षेत्रफलमा यस वर्ष तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाभरि नै तोरी खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । सबैभन्दा बढी तोरी खेती कचनकवल , कमल , गौरादह र बुद्धशान्तिमा गरिएको छ । हल्दिवारी चौथो स्थानमा आउने विष्टको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.