• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फिक्कलमा स्टडी पार्क एजुकेसन नेटवर्कको शाखा


  •    संवाददाता/ शनिबार, माघ ०६, २०८०  

  • फिक्कल– इलामको फिक्कलमा स्टडी पार्क एजुकेसन नेटवर्क बिर्तामोडको शाखा शुक्रबारदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलव्ध गराउने उद्देश्यसहित सूर्योदय नगरपालिका ८ फिक्कल पेट्रोल पम्प नजिक शाखा शुरु भएको हो ।

    शाखाले युवाहरुको चाहना अनुसारको जीवन उपयोगी सीप र तालिम प्रदान गर्ने लक्ष्य लिएको शाखा प्रमुख राजन प्रधानले जानकारी दिए । सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले शाखाको उद्घाटन गर्दै युवाहरुको आवश्यकता अनुसारको ज्ञान र सीप उपलव्ध गराउनु पर्ने बताए ।

    Advertisement

    नेटवर्कले अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक जानकारी, मार्गदर्शन प्रदान गर्ने कम्पनीका अध्यक्ष मदन बुढाथोकीले बताए । उनले घरबाट बाहिर गएर अध्ययन गर्नुपर्ने विद्यार्थीका लागि सहज वातावरण निर्माण गर्न इलामको फिक्कलमा शाखा स्थापना गरेको बताए ।

    Advertisement

    नेटवर्कले विशेषज्ञ परामर्श र मार्गदर्शन बाहेक आएल्स र पिटिइको तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । स्टडी पार्कका निर्देशक सरोज पौडेलले नेटवर्कको परामर्श र तालिम प्राप्त गरेका युवाहरुले यसअघि नै उत्कृष्ट अंक प्राप्त गरेर सफलता प्राप्त गरेको दावी गरे ।

    शाखाले लोकसेवा तयारी कक्षा, कम्प्युटर तालिम, ट्युसन र कोचिङ कक्षा समेत सञ्चालन गर्ने जनाएको छ । शाखाले विद्यार्थीलाई आर्थिक सहायता, बीमा लगायतमा पनि सहयोग गर्ने जनाएको छ । शाखाले विद्यार्थीको लागि आवासको पनि प्रवन्ध गर्ने शाखा प्रमुख प्रधानले बताए ।

    सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष जंग गुरुङले युवाहरुलाई क्षमतावान बनाउने काममा नेटवर्कले गर्ने सबै प्रयासमा सहयोग गर्ने बताए । कार्यक्रममा न्युटन्स एजुकेशन एकाडेमी बिर्तामोडका प्रधानाध्यापक देवेन्द्र हुमागाईले शाखाले जीवन उपयोगी शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    निधि कलेज बिर्तामोडका रञ्जित साहले आफूले समेत सानो क्षेत्रबाट काम शुरु गरेको अनुभव सुनाउँदै शाखाले इलामका युवाहरुको आवश्यकतालाई समेटेर काम गर्ने बताए ।

    उद्घाटन कार्यक्रममा सञ्चालक उदय काफ्ले ,सन्नी दास, राइट एजुकेशनका प्रमुख नवीन बोहोरा , बारिस्ता प्रशिक्षक मनिष अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.