झापा नाटक घरमा माघ १० गते बाट नाटक रिफण्ड मञ्चन हुने भएकाे छ । प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थि द्वारा लिखित नाटक रिफण्ड क्षितिज नाट्य समुहकाे नव निर्मित भवन झापा नाटक घरमा मञ्चन गरिने भएकाे छ ।
माेरङ्गकाे विराटनगरमा स्थित नाम्लाे नाट्य समूह,झाेराहाट नाट्य समूह र क्षितिज नाट्य समुहकाे साझेदारीमा उक्त नाटक मञ्चन हुन लागेकाे झापा नाटक घर निर्माणका अभियान्ता तथा क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पितले जनाएका छन । 
याे नाटक कक्षा ११ काे पठ्यक्रममा पनि समावेश भएकाे कारण यश नाटक विद्यार्थी ,शिक्षक तथा अभिभावक सवैले हेर्नुपर्ने नाटकका निर्देशक सुदिप जंग कार्कीले बताएका छन । कार्कीका अनुसार नाटक करिव एक घण्टाकाे रहेकाे छ । नाटकमा सुरज माझी,दीक्षा चौधरी ,वन्वाे सन्ताेष , प्रज्वल भट्टराई , प्रदिप दाहल ,विवेक मिश्र र सुदिप जंग कार्कीकाे अभियान रहने निर्माण पक्षले जनाएकाे छ । नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने छन भने म्युजिक सञ्जय मुडियारीकाे रहने छ ।




झापा नाटक घरमा याे नाटक दैनिक ४ साे हुने अध्यक्ष कल्पितकाे भनाई छ । यश नाटकलाई नेपालीमा अनिष लुइँटेलले अनुवाद गरेका हुन ।







