बिर्तामोड-७ स्थित वडास्तरीय बाल क्लबले सोमबार स्थानीय जनता प्राथमिक विद्यालयका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा र खेलकुद सामग्री वितरण गरेको छ ।
बाल क्लबकी अध्यक्ष अनिशा रिजालको अध्यक्षता र वडा नम्बर ७ का अध्यक्ष कृष्ण अबिरल खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रमका लागि बेल्स बाल क्लबले पनि सहयोग गरेको छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले देशकै बालमैत्रीपूर्ण वडा बनाउने लक्ष्य राखिएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द निरौला, सुन्दर निचा झोडा वन समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीरमण भट्टराईलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा क्लबकी उपाध्यक्ष सुबानी प्रसाईले बालमैत्री स्थानीय शासन व्यवस्था सम्बन्धी विषयमा बोलेकी थिइन् ।
क्लबका सचिव सौगात घिमिरेले सञ्चालन गरेको कार्यक्रममा सदस्य आयुष खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको औचित्यमाथि सदस्य सचिन बरालले प्रकाश पारेका थिए ।







