• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालयको सय मिटर दूरीभित्रका सुर्तीजन्य पदार्थको विक्री वितरण रोक्न बाल क्लवको अभियान


  •    संवाददाता/ बिहिबार, पुष २६, २०८०  

  • विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थको विक्री वितरण रोक्न यहाँको बाल क्लवले अभियान सञ्चालन गरेको छ ।

    मेचीनगर नगरपालिका वडा नं. १५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालय र त्यहाँ गठित जागृति बाल क्लवले उक्त अभियान सुरु गरेको हो ।

    Advertisement

    विद्यालय वरपरका पसलहरुमा सुर्तीजन्य पदार्थको खुला विक्री वितरण भइरहेको कारण त्यसबाट बालबालिकामा नकारात्मक असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताए ।

    Advertisement

    क्लवले र्यालीको आयोजना गरी पसलहरुमा गएर सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न अपिल गरेको छ । पसलहरुमा सुर्तीजन्य पदार्थको विक्री वितरण बन्द गरिएको छ कि छैन भनेर अनुगमन समेत क्लबले गरिरहेको छ ।

    विद्यालय नजिक दर्जनौं संख्यामा पसलहरु सञ्चालनमा रहेका छन् । कतिपय पसलमा मदिराको समेत विक्री भइरहेको गुनासो आएको क्लवका सदस्यहरुले बताएका छन् ।

    “विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीहरूले अत्याधिक मात्रामा भोला, गुड्खा, पराग, मुस्कान, मेघाश्री, राजनिवास जस्ता सुर्तीजन्य पदार्थहरू सेवन गर्ने गरेको पाइएकाले विद्यालय हातादेखि १०० मिटरको दूरीभित्र रहेका पसलहरूमा विक्रीवितरण नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,” क्लवले गरेको सार्वजनिक अपिलमा भनिएको छ–“विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई पसलहरूले पनि सुर्ती तथा सुर्तीजन्य पदार्थ एवम् मादकपदार्थ विक्रीवितरण नगरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।”

    कानूनमै विद्यालयको एक सय मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने उल्लेख भएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न अभिभावकहरुबाट समेत दवाव आइरहेको विद्यालयका प्रधान अध्यापक शान्तिराम चम्लागाईले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.