• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

६६ औं वार्षिक उत्सव मनाउँदै महेन्द्ररत्न मा.वि


  •    संवाददाता/ बिहिबार, पुष २६, २०८०  

  • पुष २६। कटेरोबाट स्थापना भएको बिर्तामोड ३ अनारमनीस्थित महेन्द्ररत्न माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालयको रुपमा विकसित भएको छ ।

    २०१४ सालमा स्थापना भई लामो इतिहास रच्न सफल यस विद्यालयले आज ६६ औं वार्षिक उत्सव मनाउँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा विद्यालयले वार्षिक उत्सव मनाउन लागेको हो ।

    Advertisement

    त्यस अवसरमा अभिभावक दिवस, बृहत साँस्कृतिक कार्यक्रम, शिक्षक सम्मान तथा बिदाइ समारोह गरिने विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार पाँच जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिने भएको हो । त्यस्तै दीर्घसेवा सम्मानबाट ६ जनालाई सम्मानित गरिने भएको छ । सम्मानित हुनेहरुमा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , पुष्प पौडेल , तुलसा सिटौला , विजय उप्रेती , नेत्र खरेल र चन्द्र प्रसाई रहेका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिने भएको छ । सम्मानित हुनेहरुमा लोकबन्धु कन्दङ्वा , निरा प्रधान , ठगबहादुर खड्का , रामनारायण चौधरी , स्व. लक्ष्मण खड्का र स्व. पर्शुराम सिटौला रहेका छन् । त्यस्तै पूर्व प्रधानाध्यापकहरु देवेन्द्र गौतम , मोहन पायम र मोहनप्रसाद ओली तथा अवकाश प्राप्त शिक्षकहरु दिलकुमार मुखिया , विजय ओली , कृष्णप्रसाद तिम्सिना र रविन शर्मालाई पनि सम्मान गरिने भएको छ । सोही अवसरमा १० लाखको स्व. सुरेश पाठक स्मृति अक्षय कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।

    वार्षिकोत्सवकै अवसरमा नगरस्तरीय महेन्द्ररत्न ताराको सिजन २ हिजो सम्पन्न भएको छ । गायन प्रतियोगितामा देवी माविका अभिशेख कटुवाल प्रथम , सांगवेद माविका अमित अधिकारी दोस्रो र मोहनमाया माविका विशेषता अधिकारी तेस्रो भएका छन् । उनीहरुलाई क्रमशः ५ हजार , ३ हजार र २ हजार नगद प्रदान गरिने भएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , वडाध्यक्ष मदन बुढाथोकीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेढाईले गरेका थिए । विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा यसको शुरुवात शारदा प्राथमिक स्कुलको रूपमा स्व.भूपालमान सिंह कार्कीबाट स्थापना भई सञ्चालन भएको पाइन्छ ।
    समाजवादी चिन्तक भरतबाबु (सि.के.प्रसाई ) जसले यस विद्यालयको भवन निर्माण गरी महेन्द्ररत्न मल्टि पर्पस मिडिल स्कुललाई जीवन्त शैक्षिक संस्थाका रूपमा स्थापित गरेका थिए । विद्यालयलाई भक्तसिंह राजवंशी, पुष्पलाल चौधरी, शुकदेव चौधरी,खन्जनसरी राजवंशी, गौरवती राजवंशी,ढालसरी राजवंशी,कृष्णदेव राजवंशी गरी ८ जना जग्गादाताहरुले करिब २४ विगाह जग्गा दान दिएका थिए । विद्यालयले दुईवटा नमूना भवन निर्माण कार्य पुरा गरिसकेको प्रअ खरेलले बताए । उनका अनुसार विद्यालय हाताभित्र मोटरसाईकल तथा साईकल स्टेन, निर्माण भई सञ्चालनमा आएको छ । त्यस्तै अटिजम स्रोत कक्षा स्थापना भई सञ्चालन भइरहेकोमा स्रोत कक्षाबाहिर ट्रससहितको खेल सामग्री भवनसमेत निर्माण भई सञ्चालनमा आएको उनले जानकारी दिए ।अटिजम स्रोत कक्षामा हाल १८ जना बालबालिकाहरु अध्ययनरत छन् । विद्यालयको कक्षाकोठामा प्रतिकोठा ४ वटाको दरले विद्युतिय पंखा जडान भएको छ भने सीसी क्यामेराको आवश्यक प्रवन्ध गरी सञ्चालन भएको खरेलले जानकारी दिए । त्यस्तै फूलबारीको थप व्यवस्थापन गरी आकर्षक बनाइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.