• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कानुन बनाउने शिक्षा समितिका सांसदहरू नै मान्दैनन् कानुन


  •    संवाददाता/ सोमबार, पुष २३, २०८०  

  • काठमाडौं : गत मंगलबार (गते १७) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेलाई तोकियो। भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुर्नर्निर्माण सम्बन्धमा,गेटा,डडेल्धुरा मेडिकल कलेजलगायत विविध छलफल गर्ने बैठकको कार्यसूची थियो।

    तर, समयमा बैठक सुरू हुन सकेन। कारण थियो सांसदहरूको उपस्थितिमा ढिलाइ। बरू शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई समयमा आइसके पनि अन्य सांसदहरू आउन ढिला गरे। जसकारण बैठक झण्डै ४० मिनेटपछि सुरू भयो।

    Advertisement

    त्यसपछि उक्त छलफलको अन्तिमतिर समितिका सभापति भानुभक्त जोशीले समितिका सदस्यहरूलाई अबदेखि समयमै आउन आग्रहसमेत गरे।
    उनले भनेका थिए,‘माननीयज्यूहरू आफैँ पनि अनुशासित हुने, हामी पनि अरूलाई नमुनाको रूपमा देखाउनुपर्छ त्यसैले भरसक बैठकभन्दा ५ मिनेट अगाडि नै बैठकमा उपस्थित भइदिन तपाईँहरूलाई समितिको तर्फबाट अनुरोध गर्छु।’

    Advertisement

    तर, उनको आग्रहलाई पनि फेरि बेवास्ता भएको छ। गत शुक्रबार पनि उक्त समितिमा पेन्सनपीडित शिक्षक संगठन, नेपाल राहत शिक्षक संगठनलगायतसँग विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल थियो।

    त्यसबेला पनि समयमा सांसदहरू आएनन्। यसअघि नै सूचनामा भनिएको थियो,‘संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु। समय मध्यान्ह १२:३० बजे। स्थान : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल, भवन नं २, (कोठा नं (१०२)।’

    तर, १२:३५ बजे सम्ममा ४ जना मात्रै सांसद उपस्थित थिए। कोरम नपुगेका कारण त्यसबेला पनि समयमा बैठक सुरू भएन। सञ्चारकर्मीहरू भने उपस्थित भएर कति खेर बैठक सुरू होला र बैठक कक्षमा छिर्न पाइन्छ भन्दै बाहिर उभिएर कुरिरहे।

    १२:४७ समयमा पूर्व शिक्षामन्त्री एवं समितिका सदस्य देवेन्द्र पौडेल आइपुगे। त्यसबेला समितिका सभापतिले पनि ढिला गरे। १२:५० बजे मात्रै समितिका सभापति जोशी आइपुगे र बैठक आधा घण्टा अर्थात् १ बजेर १ मिनेट जाँदा मात्रै सुरू भएको थियो। शिक्षामन्त्री राई भने उक्त बैठकमा उपस्थिति भएनन्।

    सहमर्यादा पालकहरूका अनुसार त्यसबेला मात्रै होइन, कहिल्यै पनि समयमा सांसदहरू बैठकमा आइपुग्दैनन्। त्यसैले कहिले ३० मिनेट त कहिले १ घण्टापछि मात्रै बैठक सुरू हुन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.