झापा जिल्ला स्तरीय प्रथम बिर्तामोड मेयर कम तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
डेल्टा तेक्वान्दो डोजाङ्गको आयोजनामा शनिबार आयोजित प्रतियोगितामा अर्जुनधारा नगरपालिका प्रथम भएको छ ।
उसले पाँच स्वर्ण, ५ रजत र ६ कास्य प्राप्त गरेको छ भने बुद्धशान्तीले ३ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गर्दै दोश्रो र आयोजक डोजाङ २ स्वर्ण २ रजत ,२ कास्य प्राप्त गर्दै तेस्रो भएका छन् ।
यस्तै उत्कृष्ट पुरुष तर्फ गौरिगन्जका रमण श्रेष्ठ र महिला तर्फ आयोजककि ईस्तुशा नेङ्वाङ उत्कृष्ट घोषित भए ।
१५ वटै पालिकाका खेलाडीको सहभागीता रहेको कार्यक्रममा ३ सय बढी सहभागी भएका थिए ।
बिर्तामोडमा आयोजना गरिएको प्रतियोगितामा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथी प्रसाईले खेलकुदका क्षेत्रमा सम्भावनाको खोजी भएकाले खेलाडीलाई आत्मबिश्वासका साथ अगाडि बढ्न आग्रह गरिन ।
चन्द्र गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधिको उपस्तिथि रहेको कार्यक्रम संयोजक बिबेक गिरिले जानकारी दिए । बिजयी टिमलाई ट्रफी ,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।







