वीरता रिडर्स र साहित्य पत्रकार मञ्चको आयोजनामा साहित्य लेखन र पत्रकारिता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।
लेखक तथा पत्रकार घनेन्द्र ओझाले सहजीकरण गरेको कार्यशालामा झापाका पत्रकार, लेखक र रिडरहरुको सहभागिता थियो ।
बिर्तामोडस्थित फास्ट ट्रयाक कन्सल्टेन्सीको सभाहलमा आयोजित कार्यशालामा झापाका लेखक पत्रकारहरुको उपस्तिथि रहेको पत्रकार मञ्चका संयोजक हरि बरालले जानकारी दिए ।
पत्रकारिताको माध्यमबाट साहित्य क्षेत्रको उन्ययन गर्नु कार्यशालाको उद्देस्य रहेको वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।
कार्यक्रममा सल्लाहकार केशब मैनालीले युवाहरूलाई पठनशैलिको बिकास गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
Advertisement







