• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाले सम्पन्न गर्याे जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम


  •    संवाददाता/ शुक्रबार, पुष १३, २०८०  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल प्याब्सन झापाले जिल्ला स्तरीय बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दमक नगरपालिकाको पशुहाट खुल्ला मैदानमा दुई दिनसम्म सञ्चालन भएको सांकृतिक कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिनको उद्घाटन प्रमुख अतिथि संघिय सांसद एलपी साँवाले गरेका थिए । त्यस्तै दोस्रो दिनको कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् ।

    Advertisement

    प्याब्सन झापाको १४ वटा पालिकाबाट प्रथम स्थान हासिल गर्न सफल भएका गायन तथा नृत्यलाई जिल्ला स्तरीय कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रममा न्यूटन्स् एजुकेशन एकाडेमी तथा एभरेष्ट स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपल तर्फ स्व. हरिकुमार प्रसाईलाई मरणेप्रान्त दिइने सम्मान दिइएको थियो । उक्त सम्मान उनकी धर्मपत्नी धर्मा पराजुली प्रसाईले ग्रहण गरेकी थिइन् ।

    Advertisement

    संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राई चुलाचुली अंग्रेजी विद्यालय दमक, समाजसेवी तर्फ शिवसताक्षी नगरपालिकाका प्रमुख मेगहाङ्ग थोप्रा (रोशन), शिक्षक तर्फ निजी विद्यालयमा लामो समय शिक्षण गरेका होमराज खतिवडा, पत्रकार तर्फ प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, नृत्य प्रशिक्षक तर्फ लोक संस्कृति खोज अनुसन्धानकर्ता सुनिल थापा, वरिष्ट संगित प्रशिक्षक विशाल राई, एसईई २०७९ मा उत्कृष्ट जिपिए ल्याउन सफल दुई विद्यालय इमिनेन्ट कञ्चनजङ्ग गौरादहका विद्यार्थी धनवहादुर थापा, तथा एभरेष्ट अंग्रेजी विद्यालय दमकका विद्यार्थी विवेक थापालाई प्रशंसा पत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत एवम् सम्मान गरिएको थियो ।

    कार्यक्रममा दमक नगरपालिका–७ ले प्याब्सन दमक पालिका तथा प्याब्सन झापा जिल्ला स्तरीय कार्यक्रमा स्थान तथा अन्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा वडाध्यक्ष भीम पौडेललाई कदर पत्र प्रदान गरिएको थियो ।

    प्याब्सन झापाले आयोजना गरिएको पालिका स्तरीय सास्कृतिक कार्यक्रम उत्कृष्ट दुई पालिका गौरीगञ्ज गाउँपालिका र दमक नगरपालिकालाई प्रशांसा पत्रद्धारा सम्मान गरिएको थियो भने कार्यक्रममा व्यवस्थापन तर्फ सहयोग पु¥याउने ग्लोवल एजुकेशनल एकाडेमी दमकलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

    जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगितामा सहभागी विद्यालयबाट उत्कृष्टमा पर्न सफल विद्यालयहरुमा जुनियर गायन १२ वर्षमुनी तर्फ निदि अंग्रेजी विद्यालय विर्तामोड प्रथम, धरमपुर प्रज्ञा पाठशाला, शवसातक्षी द्धितिय र विद्या सदन अंगे्रजी विद्यालय, कमल तृतिय भए । त्यस्तै सिनियर गायन १२ वर्षमाथि पारिजात इंलिस बोडिङ स्कुल मेचीनगर प्रथम, प्रगति इंलिस बोडिङ स्कुल अर्जुनधारा द्धितिय र इन्पायर इंलिस बोडिङ स्कुल दमक तृतिय भए ।

    त्यस्तै सिनियर गायन कक्षा ११ र १२ तर्फ कर्णाली एजुकेशन बुद्धशान्ति प्रथम, ग्लोबल एजुकेशनल दमक द्धितिय र कञ्चनङ्गा अंग्रेजी विद्यालय, विर्तामोड तृतिय भए । कक्षा ५ सम्मको आधुनिक नृत्य तर्फ प्यारागन एकाडेमी कन्काई प्रथम, सर्वेदय अंग्रेजी विद्यालय दमक द्धितिय र हिमालय इंलिस बोडिङ स्कुल भद्रपुर । झापा नेशनल इंलिस बोडिङ स्कुल मेचीनगर तृतिय भए । कक्षा ८ सम्मको राष्ट्रिय नृत्य तर्फ प्यारागन एकाडेमी कन्काई प्रथम, निहारीका इंलिस बोडिङ कमल द्धितिय, कर्णाली एजुकेशन बुद्धशान्ति र सनराइज मोडल दमक तृतिय भए ।

    त्यस्तै कक्षा ९ देखि १२ सम्मको सांस्कृतिक लोक नृत्य तर्फ प्यारागन एकाडेमी कन्काई प्रथम , प्रगति इंलिस बोडिङ स्कुल अर्जुनधारा द्धितिय, कर्णाली एजुकेशन बुद्धशान्ति तृतिय भएका छन् । कार्यक्रममा प्याब्सनका १४ वटा विद्यालयका ९१ विद्यालय सहभागी रहेका थिए भने करिव ७८० विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

    कार्यक्रममा शिक्षा समन्वय इकाई प्रमुख राजकुमार विक, विभिन्न नगरका नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, शिक्षा शाखा अधिकृत, प्याब्सनका केन्द्र, प्रदेश तथा जिल्लाका सल्लाहकार, पूर्व अध्यक्ष मनोज राई लगायतको उल्लेख्य सहभागिता रहेको प्याब्सन झापाका कार्यलय सचिव पदम ओलीले जानकारी दिए ।

    जिल्ला स्तरीय बृहत सांस्कृतिक कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तथा प्याब्सन झापा वरिष्ठ उपाध्यक्ष छत्रवहादुर कार्कीले गरेका थिए भने कार्यक्रमको औचित्य माथि अध्यक्ष गौरीमान फागोले प्रकाश परेका थिए । कार्यक्रमका प्रमुख अतिथीद्य सावा र राना मगरले प्याब्सन झापाले औपचारिक शिक्षासंगै विद्यार्थीको अतिरिक्त क्षमता विकासका क्षेत्रमा गरेको कामको प्रशंसा गरे । नेपालको मौलिक लोक संकृतिको जर्गोना गर्दै सबै विद्यार्थीलाई गायन तथा नृत्य तर्फ आकर्षित गर्ने काममा झापा प्याब्सनले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुले खुशी ब्यक्त गरे । कार्यक्रम सञ्चालन प्याब्सन झापाकासचिव हरिकृष्ण पाठकले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.