झापा । बिर्तामोड ८ का मदन कुमार दर्जी बिगत ८ महिना देखि ओछ्यानमा सुतिरहेको छन् । सिलाईबुनाई सम्बन्धि काम गर्दै आएका दर्जी अहिले भने श्रीमतीको साहारामा छन् । उनी काम गर्दैगर्दा प्रेसरले च्यापेर लढेका थिए ।
सामान्य जिबिकोपार्जन गर्दै आएका दर्जी दम्पती यति बेला आर्थिक समस्यामा छन् । लामो समय देखि बिरामी परेका दर्जी विभिन्न अस्पतालमा उपचार गराएपनी उनको अवस्था उस्तै छ । आर्थिक अभाबकै कारण उनी सुबिधासम्पन्न अस्पताल जान सकिरहेका छैनन् ।
बिहिवार वडा नम्बर ७ स्थित शुन्दर निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेलले बनको तर्फबाट ५ हजार र अमेरिकामा रहेका स्टार भण्डारीले ३ हजार ५ सय गरि ८ हजार ५०० दर्जी परिवारलाई अध्यक्ष प्याकुरेलले हस्तान्तरण गरे ।
उनले उपचारमा सहयोग गर्न साथीभाइ तथा आफन्तलाई आग्रह समेत गरेको छन् ।
Advertisement







