• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युकेमा याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत


  •    संवाददाता/ आइतबार, कार्तिक २३, २०७७  

  • ८ नोभेम्बर, आसफोर्ड(यूके) ÷ नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूकेव्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो ।

    आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर्वको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा समिति यूके र ओरिगेमी रेडियोले संयुक्त रूपमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । करिब महिनादेखि चलेको प्रतिस्पर्धामा यूकेका विभिन्न क्षेत्रहरूबाट दुई दर्जन बढी सहभागी भएका थिए । प्रतियोगिताको अन्तिम नतिजा गएको विश्व आदिवासी दिवसका दिन घोषणा गरिएको चुम्लुङ आसफोर्डका साँस्कृतिक विभाग प्रमुख शिशिर सम्बाहाङ्फेले बताए ।

    Advertisement

    प्रतियोगिताका विजयीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत १० वर्षमुनिको समूहमा सेल्सबरीकी अप्रिसा लिम्बु प्रथम, आसफोर्डकी चेसुङ लिम्बु दोस्रो र आसफोर्डकै आरोन लिम्बु तेस्रो भएका थिए । त्यस्तै, १८ वर्षमुनिको समूहबाट मेडस्टोनकी पुनम तुम्बाहाङ्फे प्रथम, वेल्सकी स्नेहा येङ्देन दोस्रो, आसफोर्डकी इक्सा लिम्बु तेस्रो भएकी थिइन् ।

    Advertisement

    त्यस्तै, आसफोर्डका मिक्सा लिम्बु र ओजस्वी लिम्बु सान्तवना भएका थिए । यसैगरी, योर्कसायरका नाम्यो लिम्बुले क्रिएटिभ अवार्ड हात पारेको सम्बाहाङ्फेले जनाए । नतिजा अगष्टमै घोषणा भएपनि कोभिड महामारीका कारण उपयुक्त समयको अभावमा पुरस्कार वितरण गर्न नसकिएको चुम्लुङ आसफोर्ड अध्यक्ष टङ्क येङ्देनले स्पष्ट पारे । उनले बिहीबार पुनः दोस्रो लकडाउन सुरु हुनुअघि सबै विजयीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गर्ने काम सम्पन्न भएको जनाए ।

    भाषा, संस्कृति र इतिहासलाई सूचना प्रविधिको माध्यमबाट विस्तार गर्न सहयोग पु¥याउन चुम्लुङसँग सहकार्य गरेको ओरिगेमी रेडियोका संस्थापक शिशिर याक्थुङ्बाले जानकारी दिए । याक्थुङ पहिचानको संरक्षण गर्दै प्रवासमा हुर्किरहेका नयाँ पुस्तामा संस्कृतिप्रति अपनत्व बढाउन याक्थुङ चित्रकला प्रतियोगिता आयोजना गरिएको परिकल्पनाकार एवम् आसफोर्ड शाखा सहसचिव अमित थेवेले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.