• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाली भाषाका शिक्षकलाई निःशुल्क तालिम


  •    संवाददाता/ बिहिबार, पुष १२, २०८०  

  • पुष १२ ।झापाको बिर्तामोडमा नेपाली भाषाका शिक्षकले नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखनसम्बन्धी एकदिने तालिम पाएका छन् । उनीहरुलाई यो तालिम निःशुल्क दिइएको हो ।
    संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) बिर्तामोड नगर कार्यसमितिको आयोजनामा शिक्षण सिकाइका क्रियाकलाप र त्यससंग सम्बन्धित विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको हो ।

    जिल्लाको बिर्तामोड, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, कनकाई, हल्दिबारी, बुद्धशान्तिलगायतका पालिकाका सामु्दायिक तथा संस्थागत विद्यालयका ११६ जना नेपाली भाषाका शिक्षक शिक्षिका तालिममा सहभागी थिए ।
    नेपाली भाषा र त्यसको प्रयोगमा देखिएको जटिलतालाई सहज तुल्याउने उद्देश्यले स्थानीय आदर्श व्यांक्वेटको सभाहलमा तालिमको आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन ऐरावती प्रकाशन प्रालिले गरेको आयोजक बिर्तामोड नगर प्याव्सनले जनाएको छ ।

    Advertisement

    तालिमको उद्घाटन निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) झापाका अध्यक्ष गौरीमान फागोले गरेका थिए । उनले अन्तर्राष्ट्रिय भाषालाई भन्दा पनि नेपाली राष्ट्रिय भाषालाई बढी प्राथमिकता दिनुपर्ने बताए । नेपाली भाषा सबै नागरिकले जाने बुझेको भाषा भएकोले अन्य मुलुकको भाषाभन्दा आफ्नै राष्ट्रिय भाषालाई कक्षा कोठामा बढी प्राथमिकता दिनुपर्ने उनले बताए ।
    नेपाली भाषालाई हरेक क्षेत्रमा प्रयोगमा ल्याउन सबै जिम्मेवार बन्नुपर्ने उनले बताए । नेपालीले भाषा जानेको छैन भन्न पाइन्न । जाने बुझेकै हुनुपर्छ,’ उनले भने । कक्षा कोठाबाट नेपाली भाषा र संस्कार सिकाउनका लागि शिक्षकले अहम् भुमिका खेल्नुपर्ने प्याव्सन झापाका अध्यक्ष फागोले बताए ।

    Advertisement

    प्याब्सन बिर्तामोड नगरका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रा.डा. देवी नेपाल, ऐरावती प्रकाशन प्रालिका निर्देशक आनन्द तिवारी, अधिवक्ता फडिन्द्रराज न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्याव्सन बिर्तामोड नगरका अध्यक्ष खनालले संस्थागत विद्यालयका शिक्षकलाई सहज शिक्षण सिकाईमा सहजता तुल्याउने उद्धेश्यले आयोजना भएको यो तालिमबाट सहभागीले अधिकतम् उपलब्धी हासिल गर्नुपर्ने बताए ।
    कार्यशालामा नेपाली पाठ्यपुस्तकका लेखक तथा नेपाली भाषाका विज्ञहरु प्रा.डा. रामप्रसाद ज्ञवाली र पाठ्यपुस्तक लेखक तथा नेपाली भाषाविद् प्रा.डा. देवीप्रसाद नेपालले नेपाली भाषाका विविध विषयमा र पाठ्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए ।

    सहभागीले यो कार्यक्रम शिक्षण सिकाइका लागि अति नै उपयोगी भएको बताए । उनीहरुले पहिलो पटक नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखनसम्बन्धी तालिम पाएको बताए । विद्यार्थीलाई कक्षा कोठामा सिकाउँदा विषयगत शिक्षकले अध्ययन गरेर मात्र पाठ्यपुस्तक छनौट गरे विद्यार्थीले उचित शिक्षा र संस्कार पाउन सक्ने सहभागी शिक्षक शिक्षिकाले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.