• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वाणिज्य संघमा महासचिव हत्याएका मैनाली अब अध्यक्षको दावेदार


  •    संवाददाता/ बिहिबार, पुष १२, २०८०  

  • करिव तीन वर्षअघि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानलको वर्चस्वलाई कमजोर पार्दै उनी महासचिव पद हत्याउन सफल भएका थिए । यस पटक भने सिंगो प्यानलको नेतृत्व गर्दै उनी अध्यक्षमा उठ्ने भएका हुन् । नेकपा एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघले बुधवार बिर्तामोडमा पूर्व अर्थमन्त्री तथा पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको उपस्थितिमा मैनालीलाई बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । अघिल्लो निर्वाचनमा मुख्य र धेरै पदहरुमा कांग्रेसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानलले जित हासिल गरिरहँदा नेकपा र राप्रपाको संयुक्त व्यवसायीको प्यानलका तर्फबाट महासचिवमा मैनाली विजयी भएका थिए । त्यसबेला महासचिवमा मैनाली १८४३ मत प्राप्त गरी विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका थिए ।

    छोटो समयमा व्यावसायिक क्षेत्रमा परिचय बनाएका मैनालीलाई डाइनामिक युवा लिडरको रुपमा लिने गरिन्छ । ताप्लेजुङ जिल्ला खेवाङमा बुबा ऋषिराम र आमा यमकमारी मैनालीका साहिला छोराको रुपमा २०३७ फागुन २८ गतेका दिन जन्मिएका मैनालीले झापा बाह्रदशी गाउँपालिकाको घोडामारा प्रा. वि. बाट प्रारम्भिक शिक्षा तथा फुलबारी मा.वि. बाट माध्यमिक शिक्षा उत्तीर्ण गरी मेची बहुमुखी क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नातक गरेका थिए । त्यसपछि नेपाल कमर्स क्याम्पसबाट स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा हङकङ साङ्घाई बैंकिङ कर्पोरेशनमा २०६२ देखि २०६८ सम्म नेतृत्वदायी भूमिकामा रहि बैदेशिक बैंकिङ क्षेत्रसम्मको अनुभव लिइसकेका छन् ।

    Advertisement

    साथै २०६९ सालदेखि झापामा बिभिन्न ७ वटा व्यावसायिक कम्पनीहरुको उनले नेतृत्व गर्दै आएका छन् । सामाजिक कार्यमा उत्तिकै सक्रिय रहेका उनले सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको दुई कार्यकाल अध्यक्ष, डायनामिक क्लबको एक कार्यकाल अध्यक्ष रही हाल नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्य, नेपाल उद्योग संघको केन्द्रीय उपाध्यक्ष, कोशी प्रदेश उद्योग संघको इन्चार्ज साथै बिर्तामोड उद्योग बाणिज्य संघको महासचिवमा रही कार्य गरिरहेका छन् । उनलाई आगामी फागुन १४ गते हुन गईरहेको बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट अध्यक्ष पदको उम्मेद्वारको रुपमा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले घोषणा गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले बुधबार बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो । पाण्डेले बिर्तामोड सम्पन्न बनाउनका लागि उम्मेदवार मैनालीलाई सुझाव दिए । बिर्तामोडमा व्यापार क्षेत्रको समृद्धिका लागि वाणिज्य संघको भूमिका हुने बताउँदै उनले सोही अनुसार काम गर्न आग्रह गरे ।

    Advertisement

    अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति विश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले अहिलेको वाणिज्य संघले कांग्रेसको भ्रातृ संस्थाको भूमिका मात्रै निर्वाह गरेको बताए । व्यापारीको पक्षमा काम गर्न नसकेपछि संघप्रति विश्वास घट्दै गएको उनको आरोप छ । मेरो नेतृत्वको वाणिज्य संघले व्यापारीको निराशालाई अन्त्य गर्ने छ’ मैनालीले भने, ‘बिर्तामोडको व्यापार क्षेत्रलाई सुदृढ र सुरक्षित बनाउनेछु । आउँदो निर्वाचनमा विजयी गराएर सहयोग गर्न अपिल गर्दछु ।’ उनले शान्ति सुरक्षाको स्थितिलाई मजबुद बनाई बिर्तामोडमा रात्रिकालीन व्यवसायको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुदैछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.