बिर्तामोड । नेफ्स्कुनको महासचिव पदमा झापाका सहकारीकर्मी घनश्याम अधिकारी बिजयी भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेडको हिजो सम्पन्न निर्वाचनबाट अधिकारी निर्वाचित भएका हुन् ।

अधिकारीसँग भने सन्दीप सापकोटाले प्रतिस्पर्धा गरेका थिए । झापाको सहकारी अभियानमा लामो समयदेखि लागेका अधिकारी नेफ्स्कुनको केन्द्रीय नेतृत्वमा पटक पटक निर्वाचित भएका थिए । आइतवार सम्पन्न निर्वाचनबाट वर्तमान अध्यक्ष परितोष पौडेललाई पराजित गर्दै चन्द्रप्रसाद ढकाल अध्यक्षमा निर्वाचित भएका छन् ।
Advertisement







