बिर्तामोड–लगातार केन्द्रीय नेतृत्वमा रहँदै आएका झापाका सहकारीकर्मी घनश्याम अधिकारीले यसपटक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुनमा महासचिव पदमा उमेद्वारी दिएका छन् ।
आइतवार हुन लागेको निर्वाचनमा झापाका स्थायी बासिन्दा अधिकारीले वर्तमान अध्यक्ष परितोष पौडेलको समूहबाट महासचिवको कार्यकारी भूमिकाका लागि उमेद्वारी दर्ता गरेका हुन् । अधिकारीसँग सन्दीप सापकोटाले प्रतिस्पर्धा गर्दैछन् ।
झापाको सहकारी अभियानमा लामो समयदेखि लागेका अधिकारी नेफ्स्कुनको केन्द्रीय नेतृत्वमा पटक पटक निर्वाचित भएका थिए । पहिलोपटक उनी पदाधिकारीको बलियो दावेदारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । पौडेलसँग चन्द्रप्रसाद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
Advertisement







