• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अलपत्र श्रीमानको उद्दारको माग गर्दै भद्रपुर नगरपालिकामा आत्मदाहाको प्रयास


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • ६ पुस । खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्दारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहाको प्रयास गरेकी छन् । भद्रपुर– ८ फूलबारी टोल निवासी खातुनले बिहीबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहाको प्रयास गरेकी हुन् ।

    दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्दारका लागि खातुन बिहीबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्ष पुगेकी थिइन्।

    Advertisement

    खातुनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दागर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोलेर शरीरमा छर्किइन् । त्यसपछि सलाई कोर्नै लाग्दा त्यहाँ उपस्थित कर्मचारीहरूले उनलाई बचाए । कुनै अप्रिय घटना हुन भने भएन।

    Advertisement

    त्यसपछि नगर प्रमुख पोखरेलले उनलाई र उनका परिवारका सदस्यलाई सम्झाइ घर पठाएका थिए । उनले श्रीमानको उद्दारका लागि आत्मदाहाको प्रयास गरेको बुझिएको छ । नगर प्रमुख पोखरेलका अनुसार केही दिनअघि मात्र अन्सारीकी श्रीमती खातुनलाई भेटेर उनकै मोबाइल फोनबाट दुबईमा रहेका अन्सारीसँग गफगाफ गरेको बताए । ‘गफगाफको क्रममा अन्सारीलाई नआत्तिनुहोस्,हामी तपाईंको सकुशल उद्दारका लागि पहल गरिरहेका छौं भनी जानकारी गराएका थिए,’ नगर प्रमुख पोखरेलले भने ।

    तर,अन्सारीसँगै अलपत्र परेका अन्य पाँचजनाको उद्दार भएको र अन्सारी एक्लै त्यहाँ रहेको जानकारी घरमा आएपछि अत्तालिएर नगरपालिका आएर आत्मदाहाको प्रयास गर्न खोजेकी बुझ्नमा आएको उनले बताए ।

    अन्सारीको उद्दारका लागि संघीय सांसद विश्वप्रकाश शर्मा समेत लागि परेको बताउँदै उनले भने,‘मन्त्रालयमार्फत दुबईको राजदूतावाससँग कुराकानी भइरहेको छ,छ्ट्टिै अन्सारीको त्यहाँबाट सकुशल उद्धार गरिन्छ ।’

    भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौं धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्राली म्यानपावरबाट गत असोज २८ गते दुबई गएका थिए। सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।

    म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) ११२० दिराम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने सर्त राखेर पठाएको थियो । तर,दुबई जेबेलअली पुगेपछि उनको काम फरक पर्‍यो । फिनिसिङ कारपेन्टर पठाएका उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.