• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा प्रसाईको दाबि फागुन १ पछी आफ्ना एजेण्डा सबै पूरा हुने


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • पुष ६ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आन्दोलन शुरुवात गरेको एक महिना पुग्न लाग्यो । मंसिर ७ मा शुरुवाती दिनमा राजधानी केन्द्रित आन्दोलन सशक्त देखिएको थियो । आन्दोलन रोकिएपछि महाअभियानका केन्द्रीय संयोजक प्रसाई यतिबेला झापामा छन् । उनले आन्दोलन नसकिएको बताए ।

    मंसिर ७ को आन्दोलन कास्टिङ मात्र भएको बताउँदै उनले असली आन्दोलन फागुन १ गते हुने दावी गरे । अभियानद्वारा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै बीएण्डसी हस्पिटलका संचालकसमेत रहेका प्रसाईले फागुन ७ गतेको आन्दोलन निर्णायक हुने ठोकुवा गरे ।‘फागुन ७ गते राजतन्त्र फर्किन्छ , हिन्दु राष्ट्र कायम हुन्छ , लघुवित्तपीडितको ऋण मिनाहा हुन्छ यो कुरा लेखेर राख्नुस् ’ उनले भने । लघुवित्तपीडितहरुको लागि आन्दोलन शुरु गरेदेखि यता आफ्नो २१ करोड रकम खर्च भइसकेको उनले बताए । हिजो अस्ति आफूलाई बैंक ठग भन्ने राप्रपाका राजेन्द्र लिङ्देनले पनि आफ्नै मुद्धा समाएको उनको दावी थियो ।

    Advertisement

    अभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , अभियानका केन्द्रीय सचिवालय सदस्य माधव कल्पितलगायतले बोलेका थिए । अभियानका जिल्ला सहसचिव देवेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला सचिव हरि सिटौलाले गरेका थिए । कार्यक्रममा अभियानको जिल्ला कमिटी विस्तार गरिएको छ । आफ्नो संयोजकत्वमा गठित कमिटी विस्तार गरिएको जिल्ला संयोजक मैनालीले बताए । कमिटीमा पालिका संयोजकहरु पदेन सदस्य रहेका छन् ।

    Advertisement

    गौरादह संयोजक गणेश राजवंशी , भद्रपुर संयोजक दुर्गा खरेल , दमक संयोजक विना अधिकारी , शिवसताक्षी संयोजक मिना रावत , गौरीगञ्ज संयोजक प्रेम सुवेदी , कमल संयोजक प्रेम ताजपुरिया ,बिर्तामोड संयोजक ओमप्रकाश लुइटेल , अर्जुनधारा संयोजक सचिन गोले , झापा गाउँपालिका संयोजक गोविन्द फुयल , कचनकवल संयोजक सेर आलम , हल्दिवारी संयोजक रन्जित साहा , बुद्धशान्ति संयोजक रजिन अर्याल,बाह्रदशी संयोजक महादेव राजवंशी , कन्काई संयोजक सन्तोष प्रसाई र मेचीनगर संयोजक श्यामकुमार श्रेष्ठ पदेन सदस्य रहेको जिल्ला संयोजक मैनालीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.