पुष २ । ८ महिनाअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ ।
३५ वर्षीय नेपालको आज बिहान १० बजे घरमै मृत्यु भएको हो । गत चैत महिनाको अन्तिममा आफैले चलाएको बिर्ताबजारमा मोटरसाइकल अनियन्त्रित भई उनी घाइते भएका थिए । उ
उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि लामो समय राखिएको थियो । त्यसपछि घरमै लगिएको थियो । नेपालले बिर्तामोडको भद्रपुर रोडमा हेल्मेट व्यवसाय संचालन गर्दै आएका थिए ।
Advertisement







