• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षासेवीदेखि अभिभावक, शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान


  •    संवाददाता/ सोमबार, पुष ०२, २०८०  

  • झापाको मेचीनगर —१२ सहरेडाँगीमा रहेको सरस्वती बालकल्याण माध्यमिक विद्यालयले आइतबार तीनजना शिक्षासेवीलाई सम्मान गरेको छ । विद्यालयले दुईजना शिक्षकलाई समेत पुरस्कृतसहित २३ जना विद्यार्थीहरुलाई विभिन्न छात्रावृति प्रदान गरेको छ ।

    विद्यालयको ४५ औँ वार्षिकोत्सवको अवसर पारेर शिक्षासेवीहरु मेचीनगर—१२ निवासी नरेन्द्रकुमार विष्ट, विर्तामोड—४ का पुण्यप्रसाद ओली, विर्तामोड—६ का अग्निदेव लुईँटेललाई सम्मान गरिएको हो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, सामाजिक विकास समिति संयोजक हृदय राजवंशी र नगर शिक्षा अधिकारी उपसचिव होमनाथ भण्डारीले सम्मानित सवैजनालाई दोसल्ला, अविर टीका माला पहिर्याएर सम्मान पत्र प्रदान गरेका थिए |
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर लिम्बुको अध्यक्षतामा भएको वार्षिकोत्सवको उद्घाटन सत्रमा विद्यालयमा स्थापित रघुनाथशाली उत्कृष्ठ शिक्षक पुरस्कार २०८० बाट शिक्षक तिलबहादुर थापा पुरस्कृत तथा सम्मानित भए । नगद ३ हजार ५ सय राशीको पुरस्कार, सम्मान पत्र उनिलाई प्रदान गरियो भने दोसल्लासहित फूलमाला अविर टीका पहिर्याएको थियो । प्राथमिक तहमा कार्यरत शिक्षक थापाले आफ्नो जिम्मेवारीमा रहेर इमान्दारीपूर्वक लामो अवधिसम्म कर्तव्यनिष्ठ भई सेवा प्रदान गरेकाले उहाँको सेवाको उच्च मुल्याङ्कनसहित रघुनाथशाली उत्कृष्ठ शिक्षक पुरस्कार २०८० प्रदान गरिएको हो ।

    Advertisement

    यसैगरी प्राथमिक द्वितिय श्रेणीमा कार्यरत शिक्षक देवीमाया चापागाईँ रिमालााई सम्मान गरिएको थियो । नगद चारहजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । असल अभिभावककारुपमा यमुना रेग्मी, कमला तिम्सिना, एलिश भुजेल र संगीता न्यौपानेलाई प्रशंसा पत्रसहित पुरस्कार प्रदान गरियो ।

    विद्यायका संस्थापकस्वर्गीय देवीप्रसाद भट्टराई तथा पवित्रादेवि भट्टराईको स्मृतिमा छोराहरु सोमनाथ र भुपेन्द्र भट्टराईले स्थापना गरेको नगद ५ हजार राशी र सम्मान पत्रसहितको पुरस्कार सृष्टि काम्वाङ्ग र मुस्कान वेघालाई प्रदान गरियो । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष दुईजना विद्यार्थीहरुलाई यो पुरस्कार प्रदान गरीर्दैँ आएको छ ।

    यसैगरी, विद्यालयमा खेल, अनुशासन स्मरण शक्तिलगायत विभिन्न विधामा उत्कृष्ट कक्षा १२ का चिरञ्जीवि कोइराला, कक्षा ११ का दिक्ष विक, कक्षा १० का मुना गौतम, कक्षा ९ का वोयला टुडु, कक्षा ८ का मिसा भारती, कक्षा ६ का हिमाल दाशाल, कक्षा ५ का ओनहाङ्ग लिम्बु , कक्षा ४ का रुपेश खवाससहित छनौटमा परेका ८ जनालाई जिन्सी पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो । विद्यालयमा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषबाट २३ जना विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमबहादुर श्रेष्ठले विद्यालयको अक्षयकोषमा ५० हजार तथा भीमा घिमिरेले १० हजार १ सय ५ रुपैयाँ नगद प्रदान गरेको विद्यालयका प्रधानध्यापक शुक्रराज घिमिरेले जानकारी दिए ।

    सहायक प्रधानध्यापक युवराज काफ्लेले सञ्चालन गरेको कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले नगरभित्र सञ्चालनमा रहेका विभिन्न विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार लागि परेको बताए । सामुदायिक विद्यालयतर्फ विद्यार्थीहरुको आर्कषणका लागि विभिन्न गतिविधि सञ्चालन गर्न आवश्यक रहेको समेत बताए । प्रधानध्यापक शुक्रराज घिमिरेले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए |

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.