पुष १ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्नबाट संसारकै ठूलो रामसीताको प्रतिमा बनाइएको छ ।
८५ क्विन्टल अन्नको प्रयोग गरी ११ हजार ११ स्क्वायर फिटको रामसीताको प्रतिमा शुक्रबार साँझ तयार पारिएको हो । पाँच दिनदेखि प्रतिमा निर्माण कार्य स्थानीय रंगभूमि मैदान १२ बिघामा भइरहेको थियो । निर्देशक तथा कलाकार सतिशप्रसाद गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।
Advertisement







