लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड ः उद्भव र विकास’बारे शुक्रबार परिचर्चा कार्यक्रमगरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो ।
कार्यक्रममावरिष्ठ अधिवक्ताएवम् साहित्यकार लीला उदासीले ‘बिर्तामोड’ पुस्तक बिर्तामोडबासी मात्र नभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्ति भएको बताए । उनले यस पुस्तकलाई मिलेसम्म बिर्तामोड नगरपालिकाभित्र पाठ्यक्रममै समावेश गर्न जोड दिएका छन् । ‘बिर्तामोडमा बस्नेले कम्तीमा बिर्तामोडलाई बुझ्न जरुरी छ’, उनले भने, ‘त्यसकालागि यो पुस्तक पढ्न र संग्रहितगर्न आवश्यक छ ।’
कार्यक्रममावरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पुस्तकमा रहेका विषयवस्तु र कमीकमजोरीलाई प्रस्ट पारेका थिए । उनले इतिहास लेखन जटिल भएको बताउँदै कमी-कमजोरीलाई आगामी संस्करणमा सुधार गर्न सुझावदिएका छन् ।कार्यक्रममा लेखक संघ झापा अध्यक्ष कुमार भट्टराईले यस किसिमका पुस्तकभावी पुस्ताकालागि सन्दर्भ सामग्रीहुने भएकाले लेखकले साहित्यका अन्य विधामाभन्दा बढी जिम्मेवार हुनु पर्ने बताए । कार्यक्रममा साहित्यकार भगवती ढुङ्गेलले शुभकामना मन्तव्य राखेकी थिइन् ।
वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा भएको पुस्तक परिचर्चा कार्यक्रमको स्वागत सहसंयोजक केशव मैनालीले गरेका थिए भने सञ्चालन तिलक परियारले गरेका थिए ।
तिर्थ सिग्देलको बिर्तामोड उद्भव चर्चा बिर्तामोडमै
तिर्थ सिग्देलको बिर्तामोड उद्भव चर्चा बिर्तामोडमै
Advertisement
तपाईको प्रतिक्रिया







