• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालयको सुधारका लागि शिवसताक्षीका शेर्माको सहयोग


  •    संवाददाता/ बुधबार, मङि्सर २७, २०८०  

  • सामुदायिक विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारका लागि यहाँका एकजना समाजसेवी लागिपरेका छन् ।

    समुदायबाटै विद्यालयको हरेक क्षेत्र सुधार गर्न सकिन्छ भन्दै शिवसताक्षी नगरपालिका– २ का मचिन्द्र शेर्माले शिवसताक्षी नगरका सामुदायिक विद्यालयमा पुगेर विभिन्न किसिमका सहयोग गर्न थालेका हुन् । शेर्माले नगरका सामुदायिक विद्यालयलाई सहयोग गर्ने उद्देश्यले विभिन्न विद्यालयको अवलोकन भ्रमण गर्ने गरेका छन् । काठमाण्डौबाट गृहनगर शिवसताक्षी आएपछि कुनै न कुनै परोपकारी योजनामा उनी अग्रसर छन् ।

    Advertisement

    शेर्मा नेपाली कांग्रेसको महासमिति सदस्य हुन् । शेर्माको मुख्य पेशा बैदेशिक रोजगार हो । उनले आफ्नो व्यवसायबाट हुने आम्दानीले समाजसेवा गर्ने गरेको बताए । छोराछोरीको अध्ययन अध्यापन, घरपरिवारको खर्च गरेर बचेको रकमले समाजसेवा गर्ने गरेकोे उनी बताउँछन् । ‘समाजसेवाबाट आत्मसन्तुष्टि मिल्छ,’ उनले भने । चाडपर्वका बेला विपन्नका घरमा चामलको भारी आफै बोकेर जाने गरेका शेर्मा दैवी प्रकोपमा पनि राहत र उद्धारमा सहभागी हुने गरेका छन् ।

    Advertisement

    पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा पूर्वाधार निर्माणका लागि उनी मरिहत्ते गरेर लागिपरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भयो भने मात्र समाजमा समृद्धि आउँछ भन्ने उनको ठम्याई छ । आइतबार मात्र वडा नम्बर ३ कमलधापको शान्ति आधारभूत विद्यालयमा पुगेर उनले नगद १० हजार प्रदान गरे । उनले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईलाई भौतिक पूर्वाधारतर्फ पनि हात फुकाएर सहयोग गर्ने बचन दिए ।

    यसै साता उनले वडा नम्बर ८ को अरुणोदय प्राथमिक विद्यालयमा २५ हजार नगद प्रदान गरेका थिए । शेर्माले सोही वडाको सरस्वती प्राथमिक विद्यालयका १ सय विपन्न अभिभावक विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर प्रदान गरेर समाजका लागि अनुकरणीय कार्य गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.