• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार सापकोटा सहित शिक्षा सेवी सम्मानित


  •    संवाददाता/ बुधबार, मङि्सर २७, २०८०  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन शिवसताक्षी झापाले पत्रकार विनोद सापकोटालाई सम्मान गरेको छ ।

    शिवसताक्षी नगरको व्याङ्डाँडास्थित चेतना माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबारदेखि सुरु अन्तर संस्थागत विद्यालयस्तरीय सांस्कृतिक प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रतिदिन दैनिकमा कार्यरत पत्रकार विनोद सापकोटा सम्मानित भएका हुन् । सापकोटा तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

    Advertisement

    यस्तै लामो समय शिक्षा क्षेत्रमा सक्रिय शिक्षक डम्बरबहादुर खड्का पनि सम्मानित भएका छन् । उनी ध्रुवतारा आवासीय मावि दुधेका संस्थापक प्रिन्सिपल हुन् । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले पत्रकार सापकोटा र शिक्षक खड्कालाई सम्मान गरेका हुन् । नगर प्रमुख थोप्रा, प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङ र प्याव्सन पदाधिकारीले दुवै प्रतिभालाई दोसल्ला, सम्मानपत्र , फूलमाला र अविरले सम्मान गरेका थिए ।

    Advertisement

    यसैबीच, जिल्ला प्याव्सनको समन्वयमा शिवसताक्षी नगर प्याव्सनले आयोजना गरेको अन्तर निजी विद्यालयस्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमअन्तर्गत सांस्कृतिक नृत्यतर्फ शिवगञ्जको दिक्षान्त प्रथम, शिवगञ्जै नवकिरण दोस्रो र क्याब्रिज तेस्रो भएका छन् । यस्तै राष्ट्रिय गीत नृत्यमा सगरमाथा पहिलो, ध्रुवतारा दोस्रो र निम्बस वोर्डिङ स्कूल तेस्रो भएका छन् । कक्षा ११ र १२ को एक मात्र सहभागी विद्यालय धु्रवताराले सो विधामा उपाधि उचालेको छ । यस्तै सिनियर गायनतर्फ निम्बस, ध्रु्वतारा र मेची बोर्डिङ स्कूल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । जुनियर गायनतर्फ धरमपुर प्रज्ञा पाठशाला, क्याम्ब्रिज र रेडरोज क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

    शिवसताक्षीबाट छनौट भएका हरेक विधाका पहिलोले पुस २ र ३ गते दमकमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष उदयप्रकाश राईले स्वागत गरेका थिए भने प्याव्सनका सदस्य चन्द्र मादेम्बाले सहजीकरण गरेका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.