• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा प्याब्सनको वृहत सांस्कृतिक महोत्सव हुने


  •    संवाददाता/ बुधबार, मङि्सर २७, २०८०  

  • निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा यहि मंसीर २८ र २९ गते नगरस्तरिय प्रतिस्पर्धात्मक वृहत सांस्कृतिक महोत्सव हुने भएको छ ।

    नगरपालिकाको केन्द्र एवम् झापा जिल्लाकै ऐतिहासिक बजार अर्जुनधारा–८स्थित शनिश्चरे बजारको खाली क्षेत्रमा आयोजना हुने उक्त कार्यक्रमको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्ने मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा बताइएको छ ।

    Advertisement

    विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले यस अघि नगरका विभिन्न विद्यालयहरुमा सञ्चालन हुँदै आएको यो प्रतियोगितालाई सबैको आकर्षणका लागि महोत्सवको रुपमा मनाउन पहिलोपटक विद्यालयको क्षेत्र भन्दा बाहिर आयोजना गर्न लागिएको अध्यक्ष रुद्र सिटौलाले जानकारी दिए ।

    Advertisement

    प्रतियोगिता अन्र्तगत पहिलो दिन कक्षा–१ देखि कक्षा–५ सम्मको सामूहिक नृत्य (आधुनिक), कक्षा–९ देखि कक्षा–१२ सम्मको सामूहिक नृत्य(सांस्कृतिक) र दोस्रो दिन कक्षा–६ देखि कक्षा–८ सम्मको सामूहिक नृत्य(राष्ट्रिय), १२ वर्ष मुनी, १२ वर्ष माथि र कक्षा–११ र कक्षा–१२ सम्मको गायन प्रतियोगिता हुने प्याब्सन अर्जुनधाराका सचिव राजेशकुमार आचार्यले बताए । उक्त प्रतियोगितामा ३१ वटा विद्यालयका नौ सय जना बढी विद्यार्थीको सहभागिता रहने छ ।

    प्रतियोगिता अन्र्तगत सबै विधामा प्रथम हुने विद्यार्थीहरुले आगामी पुस १ र २ गते हुने जिल्लास्तरिय प्रतियोगितामा सहभागी हुन पाउने छन् । सोही कार्यक्रममा लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने अर्जुनधारा–९ निवासी लालबहादुर सुब्बा ‘सुब्बा डाक्टर’लाई सम्मानित गरिने बताइएको छ ।

    त्यसैगरी उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अर्जुनधारा–८ नं.वडा कार्यालयले संयोजनको भूमिका निर्वाह गर्ने बताइएको छ । अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा–५का वडाध्यक्ष गीताराज खड्का “हरि”, प्याब्सन झापाका उपाध्यक्ष टीआर गौतम, सदस्य दीपेन्द्र सुब्बालगायतले कार्यक्रम बारे जानकारी गराएका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.