• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विषादि हालेको तोरीको फूल खाँदा बालकको मृत्यु,दुईजना सिकिस्त


  •    संवाददाता/ सोमबार, मङि्सर २५, २०८०  

  • मानव अधिकार दिवसको कार्यक्रममा झापाको अर्जुनधारामा बालकको ज्यान जानेगरी तोरी बालीमा विषादि छर्कनेलाई कानूनी कार्वाही हुनुपर्ने माग गरिएको छ ।

    थापा थरका छिमेकीले तोरी बालीमा विषादि छर्किदा सोही तोरीको फूल टिपेर खाँदा अर्जुनधारा ८ शनिश्चरे पेट्रोलपम्प पूर्वपट्टि बस्ने अब्दुल मोहम्मदका ७ वर्षीय छोरा अस्लिमको मृत्यु भएको परिवारले बताएको छ । छिमेकी थापाले तोरी बालीमा विषादि छर्केकोमा ती बालकले सोही तोरीको फूल खाएका थिए । शुक्रवार दिउँसो सिकिस्त भएका बालकलाई स्थानीय भट्टराई क्लिनिकमा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि शंकर हस्पिटल लगिएको थियो । त्यहाँ पनि उपचार नभएपछि मनमोहन हस्पिटल ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको अर्जुनधारा ८ घर भएका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

    Advertisement

    बालकको मृत्यु भएपछि त्यसको भोलिपल्ट उनकी कान्छी आमा सैमुमा पनि सोही तोरीको फूल खाएर सिकिस्त भएकी छन् । उनलाई मनमोहन हस्पिटल लगिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । तोरीको फूलमा विषादि भए नभएको जाँच गर्न उनले पनि सोही विषादि हालेको फूल खाएकी थिइन् । त्यस्तै अब्दुल मोहम्मदका दाजु बब्लु मोहम्मदका ६ वर्षीय छोरा सिद्धिकी पनि सिकिस्त भएका छन् । उनलाई शंकर हस्पिटलमा भर्ना गरिएको छ ।

    तोरी बारीमा विषादि छर्किदा एक बालकको मृत्यु र दुईजना सिकिस्त हुँदासमेत प्रहरीले कार्वाही नगरेको भन्दै ७५ औं मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल झापाद्वारा बिर्तामोडमा आयोजित कार्यक्रमका वक्ताहरुले दोषीमाथि कार्वाहीको माग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपाल , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजाल , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीको उपस्थिति रहेको कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष पाण्डवलाल चौधरीले त्यस घटनाका दोषीलाई प्रहरीले अनुसनधानको दायरामा ल्याउनुपर्ने बताए । उनले विपन्न गरिव भनेर प्रहरी प्रशासनले बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै मुस्लिम समुदायका अधिकारकर्मी अफरोज खानले पनि दोषीमाथि कार्वाही हुनुपर्ने बताए ।

    Advertisement

    बालकको मृत्युमा शंका लागेपछि आफूहरुले शवलाई पोस्टमार्टम गर्न लगाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कार्कीले बताए । उनले पोस्टमार्टमको रिपोर्टबाटै मृत्युको कारण खुल्नसक्ने बताए । कार्यक्रममा सहायक प्रजिअ विश्वनाथ नेपाल , डीएसपी खगेन्द्रप्रसाद रिजाल , वरिष्ठ अधिवक्ता लीला उदासी , मानवअधिकारकर्मी विष्णु खरेल , दलित अधिकारकर्मी छविलाल विश्वकर्मालगायतले बोलेका थिए ।

    मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दीपक दासले गरेका थिए । त्यसअघि प्रभातफेरि निकालिएको थियो । बिर्तामोडस्थित हनुमान सेन्टरबाट शुरु भएको प्रभातफेरि बिर्तामोड नगर परिक्रमा गरी पुनः उही ठाउँमा पुगेर समापन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.