रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित कटानी टोलमा देउसी भैलोबाट उठेको रकमबाट माध्यमिक विद्यालय कटानी छेउमा शुद्ध खानेपानीको लागि बोरिङ जडान गरिएको छ।
स्थानीय युवाहरूले गत लक्ष्मीपूजामा देउसी भैलो खेलेर उठाएको एक लाख एक हजार रुपैयाँले मावि कटानी मातहात छेउमै रहेको जग्गामा विद्यार्थीको लागि पिउने पानीको व्यवस्थापन स्वरूप बोरिङ जडान गरिएको समाजसेवी सुरेन्द्र तिमल्सिनाले बताए।
Advertisement







